This is a test

सुदुरपश्चिम आयडल हुने

0

नवराज पनेरु, धनगढी भदौ २०
प्रदेश नम्वर ७ स्तरीय सुदुरपश्चिम आयडल हुने भएको छ । धनगढीका रंग पत्रकार तिलक जोशीको सम्झनामा तिलक फिल्म्स प्राली काठमाडौले सुदुरपश्चिम आयडल गर्ने भएको हो । आयोजक तिलक फिल्म्स प्राली काठमाडौले आज धनगढीमा पत्ररका सम्मेलन गर्दै सुदुरपश्चिम आयडलका विषयमा जानकारी दिईएको हो । सुदुरपश्चिम आयडल अन्तरगत अहिले फारम संकलनको काम भईरहेकोमा असोज ३ गतेदेखी अडिसन सुरु हुने छ ।

सुदुरपश्चिमका ९ वटै जिल्लामा हुने अडिसनमा सहभागीहरु मध्ये प्रत्येक जिल्लाबाट उत्कृष्ट ५÷५ जनालाई धनगढी ल्याईएर प्रतिस्पर्धा गराईने आयोजक तिलक फिल्म्स प्रालीका सञ्चालक दिपक जोशीले बताउनुभयो । सुदुरपश्चिममा थुप्रै गायन प्रतिभाहरु अवसरको खोजीमा भौतारीरहेकाले उनिहरुको प्रतिभाको कदर गर्नका लागी सुदुरपश्चिम आयडल गर्न लागीएको सञ्चालक जोशीले बताउनुभयो ।

सुदुरपश्चिम आयडलका विजेतालाई २५ हजार सहित गित रेकर्डीङ र दोश्रोलाई नगद १० हजार सहित गित रेकर्डीङको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । यसअघि २०६३ सालमा पनि सुदुरपश्चिम आयडल गरीएको भएपनि त्यसमा कैलालीका प्रतिभाहरुको मात्रै सहभागीता रहेके थियो । धनगढीका रंग पत्रकार तिलक जोशीको गत बर्ष २३ बर्षको उमेरमै निधन भएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved