सुदुरपश्चिम आयडलको अडिसन धनगढीबाट सुरु

0

नवराज पनेरु, धनगढी ४ असोज ।

प्रदेश नम्वर ७ स्तरीय सुदुरपश्चिम आयडल अडिसनको मंगलवारदेखी सुरु भएको छ । आयोजक तिलक फिल्म्स प्रालीले धनगढीबाट सुदुरपश्चिम आयडलको अडिसन सुरु गरेको हो । धनगढी अडिसनमा सहभागी भएका ५० जना मध्ये १७ जनालाई दोश्रो चरणका लागी छनौट गरीएको छ ।

योगेन्द्र रावल, शर्मीला गुरुङ, साहील विक, विजन रोकाया, ज्ञानेश वलायर, शेर विष्ट, मणी महता, छपेन्द्र परियार, अमन चौधरी, जगत चौधरी, विक्रम चौधरी, गणेश सुनार, सरला सिह, पुनम चौधरी, सन्ध्या मल्ल, आशा सिह र गोमती पार्की दोश्रो चरणका लागी छनौट गरीएका हुन् ।

सुदुरपश्चिम आयडल अन्तरगत भोली ४ गते डोटी, ५ गते अछाम, ६ गते बाजुरा, ७ गते महेन्द्रनगर र डडेल्धुरा, ८ गते बझाङ, ९ गते बैतडी र १० गते दार्चुलामा अडिसन हुने तिलक फिल्मस प्रालीका सञ्चालक दिपक जोशीले बताउनुभयो । आयडलको अडिसनमा गायक सुरत रावत डोटेली कान्छा, सुवाश चन्द्र बोहरा, जिवन वडु, दिपक जोशी निर्णायक रहेका छन् ।

अडिसनमा झण्डै ३ सय प्रतिस्पर्धीको सहभागीता रहने अनुमान गरीएको छ । सुदुरपश्चिममा थुप्रै गायन प्रतिभाहरु अवसरको खोजीमा भौतारीरहेकाले उनिहरुको प्रतिभाको कदर गर्नका लागी सुदुरपश्चिम आयडल गरीएको हो । सुदूरपश्चिम आयडलको एक कार्यक्रमका विच धनगढी उप–महानगरपालीकाका मेयर नृप वहादुर ओडले उद्धघाटन गर्नुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved