This is a test

सुदुरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना लागु (सुन्नुस अडियो)

0

सुदूरपश्चिम क्षेत्रका डिआईजी शरद चन्दले नौ वटै जिल्लामा दशैं तिहार सुरक्षा योजना लागु भईसकेको जनाएको छ । उहाँले, राजमार्ग, बसपार्क, सरकारी कार्यालय, सीमा क्षेत्र र संवेदनशील क्षेत्रमा प्रहरी खटाई सकिएको बताउनुभयो । अति संवेदनशील क्षेत्रमा सादा पोषाकमा पनि प्रहरी परिचालिन गरिएको उहाँको दाबी छ । केही दिन अघि प्रहरीले पक्राउ गरेको सुन र हिराका गहनाका बारेमा प्रहरीले सार्वजनिक नगरेको बारेमा पनि डिआईजी चन्दले छिट्टै त्यो घटना सार्वजनिक गरिने बताउनुभयो । प्रहरीले पक्राउ गरेको झण्डै एक किलो तौलका सुन र हिरा जडित गरगहना अझै सार्वजनिक गरेको छैन । कञ्चनपुरमा दुई महिनामा ६ वटा हत्याका घटना, सीमा क्षेत्रमा प्रहरीले गरिरहेको रकम असुली, ट्राफिक प्रहरीले सार्वजनिक सवारीका साधनबाट कुनै असुली नगरिरहेको पनि उहाँको दाबी छ ।
यसै विषयमा सुदूरपश्चिम क्षेत्रका डिआईजी शरद चन्दसँग सहकर्मी शिबराज भट्टले कुराकानी गरेका छन :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved