सुदुरपश्चिमका चार जना साहीत्यकारहरु सम्मानीत

0

नवराज पनेरु, धनगढी ७ भदौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले सुदुरपश्चिमबाट क्षेत्रीय पुरुष्कार पाउनुभएका ४ जनालाई आज पुरुष्कार हस्तान्तरण गरेको छ । क्षेत्रीय प्रतिभा संगीत तथा नाट्य विधामा सुदुर पश्चिमाञ्चलबाट दीपेन्द्र प्रसाद दाहाल, भाषा तथा साहित्यमा हेमन्ती जोशी, ललितकला विधामा नन्दकली राना थारु र सस्कृति विधाको क्षेत्रीय पुरस्कार दिनानाथ बरालले प्राप्त गर्नुभएको थियो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देव मार्फत चारै जनालाई सम्मान प्रदान रीएको हो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्रत्येक वर्ष ४ विधामा साहित्यकारहरुलाई सम्मान गर्दै आईरहेको छ । मन्त्रालयले आज २०७३ सालको पुस्कार वितरण गरेको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved