सीमा क्षेत्रमा हुने अपराध रोक्न स्थानीय सुरक्षा अधिकारीहरु सहमत

0

महेन्द्रनगर, २७ असोज ।

सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधीहरु सहमत भएका छन् । माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रको भारतीय सिमा सुरक्षा बल एसएसबी क्याम्पमा बिहिवार बसेको बैठकमा दुवै क्षेत्रका स्थानीय स्तरका सुरक्षा अधिकारी र जनप्रतिनिधीहरु सहमत भएका हुन् । बिहिवार सशस्त्र सीमा बल ५७ बाहिनी अमृतपुर उत्तर प्रदेश भारत एके मेलाघाट क्याम्पमा आयोजना गरिएको समन्वयात्मक बैठकमा दुवै देशका सुरक्षा अधिकारी तथा जनप्रतिनिधीहरुले सीमा क्षेत्रमा हुने चोरीका सवारी साधनको अवैध पैठारी, मानव बेचबिखन, लागु औषध ओसार पसार, वन्य जन्तुको छाला, हड्डी जस्ता अखेटो पहारको अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक मोहन साउँदले जानकारी दिनुभयो । प्रदेश नम्बर सातको कञ्चनपुर जिल्ला अन्र्तगत भारतसंग सीमा जोडिएको माहाकाली नगरपालिका र भारतको उत्तराखण्ड र उत्तरप्रदेशस्थित जिल्लासंग जोडिएको ठाउँमा सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रमा हुने अपराध रोक्न संयुक्त रुपले काम गर्ने सहमति जनाएका हुन् । उहाका अनुसार नेपालमा आसन्न निर्वाचन समेत नजिक आइरहेकाले त्यसलाई समेत ध्यानमा राखेर सीमा क्षेत्रमा कडाई गर्ने सहमति भएको हो । बैठकमा जघन्य अपराध गरी एक अर्को देशमा लुकेर बसेका अपराधीका बारेमा सूचना आदान प्रदान गर्न, अवैध हात हतियारको कारोबारलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी सक्रिय रहने सहमति भएको छ । सीमा क्षेत्रमा बेलाबखत हुने कुटपिटका घट्ना तथा भारतीय सुरक्षाकर्मीले नेपाली महिलाहरु माथी चेक जाँचको बेला गर्ने दुव्र्यवहार रोक्न समेत सहमती भएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जानकारी दिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved