सिचाइ योजना मर्मतको लागि बजेट कार्यान्वयनमा रोक

0

दार्चुला, ०३ जेठ ।

दार्चुलामै स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा सुदूरपश्चिमाञ्चल क्षेत्रीय सिचाइ निर्देशनालयबाट योजना मर्मत सम्भारको लागि आएको बजेट कार्यान्वयनमा रोक लगाइएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि मतदाता आकर्षण गर्न बजेट वितरण गर्न लागेको भन्दै उजुरी परेपछि कार्यान्वयनमा रोक लगाइएको हो ।

सुदूरपश्चिमाञ्चल क्षेत्रीय सिचाइ निर्देशानालय धनगढीले बैशाख २५ गते दार्चुलाका तिन वटा योजनाको मर्मत सम्भारको लागि भन्दै ७ लाख रुपैयाँ बजेट पठाएको थियो । निर्वाचन आचारसंहिताले नयाँ कार्यक्रम गर्न नहुने भनेको बेला नयाँ कार्यक्रम ल्याएको भन्दै विरोध भएपछि काम रोकिएको सिचाइ विकास सव डिभिजन प्रमुख दिनेश आचार्यले जानकारी दिनुभयो ।

Share.

Leave A Reply