This is a test

सिंढीमुनी सुत्न बाध्य छन कैलाली र कञ्चनपुरका कैदीबन्दी

0

बीपी अनमोल, महेन्द्रनगर पुस १५ गते ।

कारागार व्यवस्थापन विभागले प्रदेश नम्बर ७ मा रहेका ९ वटै जिल्लाका कारागारको स्थलगत अनुगमन गरेको छ । कारागारको सुधार अभियान थालेको कारागार व्यवस्थापन विभागले प्रदेश नम्बर ७ का ९ वटै जिल्लाका कारागारको स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा ९ वटै जिल्लामा रहेका कारागारको अवस्था कमजोर रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

कारागारहरु सबै जिर्ण अवस्थामा पुगेका र तीनको अवस्था नाजुक रहेको अनुगमनका क्रममा भेटिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँले कतियप कारागार जिर्ण भइसकेका र वर्षातमा चुहिने र बस्न नसकिने अवस्थाका समेत रहेको उहाँले बताउनुभयो । उहाँले, क्षमता भन्दा बढी कैदीबन्दी रहदा कारागारलाई कैदीबन्दीको व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।

बस्ने ठाउँको अभावमा कञ्चनपुर, कैलाली सहितका कारागारहरुमा कैदीबन्दी सिढि मुनि समेत सुत्न बाध्य भएको उहाँले बताउनुभयो । देशभरमा रहेका कारागारको अवस्था सुधार्न कारागार व्यवस्थापन विभागले देशभरमा रहेका ७४ वटै कारागारको अनुगमन थालेको हो । विभागका अनुसार हालसम्म देशका ६३ वटा कारागारहरुको अनुगमन भइसकेको छ । कारागार व्यवस्थापन विभागका अनुसार बझाङ्ग र डडेल्धुरामा कारागार भवन निर्माणाधिन अवस्थामा रहेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved