This is a test

साहीत्यकारले रचनाबाटै सम्झीए सहिदलाई

0

नवराज पनेरु, धनगढी माघ १६ ।
कैलालीका साहीत्यकारहरुले पनि देश र जनताका लागी ज्यानको आहुती दिने सहिदहरुलाई सम्झीएका छन् । धनगढीमा हुने माषीक साहीत्यीक कार्यक्रम पलेटीको १३ औँ श्रृङखलाको आयोजना गर्दै साहीत्यकारहरुले सहिदलाई सम्झेका हुन् । कैलालीबाट प्रकाशन हुने साप्ताहीक पत्रिका खवरपातको संयोजनमा कार्यक्रमको अयोजना गरीएको थियो ।

ज्यूँदै छन् वलभद्र, अम्मरहरू, ज्यूँदै छ हो वीरता।
केही काल कुचाल, मौन रहनू, मात्रै थियो धीरता।।
अत्याचार विरुद्धमा लडिरने, कल्याणकारी खुन।
मर्दैनन् सत आत्म बुझ्नु कहिलै, विस्तारवादी सुन !

ढुङ्गो हान्न पुग्यौ नि दुष्ट जन हो, अङ्(यालको गोलमा।
बिक्ने छैन कदापि आत्मबल यो, धम्की तथा मोलमा।।
काँडा बेबुर वा घँगारु, मसिना, हुन्छन् तिखा ध्यान होस्।
खुट्टामा अति पीर दुस्ख नदिई, निस्किन्न यो ज्ञान होस्।।

सानो देश भनेर हेप्नु कतिको, हो जायजी धारणा।
सानो सर्प ठुलो, छ क्रोधपनमा, फैलाउँदा त्यै फणा।।
थोरै शक्ति हुँदा अठोट रहँदा, लङ्का जिते रामले।
छाती खुल्छ र फुल्छ जाँगर अझैं, गोविन्दका नामले।।

सच्चा वीरहरू हिजो पनि लडे, यै देशका खातिर।
लड्छन् देश बचाउनै अझ सबै तोड्दै ठुला जञ्जिर।।
नाथे बन्दुक, पट्किनु हुटिङ हो, उत्साहमा ल्याउँछ।
गोली खानु अझै पियूष रणको, बद्लापना छाउँछ।।

गोर्खाली इतिहास सान भरने, नेपालका सज्जन।
हामीमा उपहास लास गरने पापी तथा दुर्जन।।
उठ्छन् लास फुटाउँछन् विथितिका, चण्णालका ज्याजति।
ए ! गुन्डा अब होसियार हरनू, बाँच्ने भए लौ बढी।।

गोली भारतले चलाउनु बडा, अन्यायका सुत्र हुन्।
माटोका हितमा घुटुक्क निलने, नेपालका पुत्र हुन्।
हामी गौरव गान गाउन सकौं, सम्मान अत्याधिक।
ठाडो शीर बनाउने सहिदमा, श्रद्धाञ्जली हार्दिक।।

सीमा रक्षा गर्दागर्दै ज्यानको आहुती दिएका सहिद गोवीन्द गौतमलाई कविता मार्फत सम्झीदै युवा कवि तिर्थराज भट्टले माथीको कविता बाचन गर्दा पलेटी कार्यक्रममा सहभागीहरुले ताली पिटेर उहाँको कविताको तारीफ गरे । छेउमै रहेकी गजलकार धुर्वा तिमल्सीनाले नेपालका वीर सहिदप्रति श्रद्धासुमन व्यक्ति गर्दै आफ्नो गजल प्रस्तुत गरीन् ।

सर्जकहरुले रचना मार्फत वीर सपूतहरुले देखाएको बाटोमा हिड्न नसकेको भन्दै नेपालका राजनितिक दलहरुमाथि व्यङ्ग्य प्रहार गर्न समेत भ्याएका थिए । राजनितिक दलहरुलाई एक आपसमा एकताको वातावरण सिर्जना गरि देशलाई आर्थिक विकास तर्फ डो¥याउन सके मात्रै सहिद प्रति वास्तवीक श्रद्धान्जली हुने साहित्यकारहरुले बताएका छन ।
पछिल्लो समय सहिद घोषणा सडक आन्दोलनको भरमा भईरहेको प्रसंग पनि साहीत्यकारहरुका रचनामा अटाएको थियो । आन्दोलनको भरमा सहिद घोषणा गर्ने र वास्तवीक सहिदको मर्म नै भुल्ने चेष्टा भईरहेको भन्दै साहीत्यकाहरुले र त्यस्का विरुद्ध कटाक्ष गरेका हुन् ।
गत बर्ष कञ्चपुरको पुनरवासमा सिमाको रक्षा गर्दा गर्दै ज्यानको आहुती दिएका सहित गोवीन्द गौतमलाई सम्झीने साहीत्यकाहरुको जमात ठुलो थियो । नेपाल भारतको सीमानामा नेपालीले भोग्नु परेका ज्यादती, दुःखका बारेमा पनि रचना प्रस्तुत भएका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved