This is a test

सामाजीक सञ्जालमा डोटेली भाषाका अभियान्ता सुभाषचन्द्र भण्डारी

0

नवराज पनेरु, धनगढी मंसिर १७ गते ।

पुर्वीय सस्कृतीको छाप र नयाँ नयाँ प्रविधी भित्रीरहेका बेला युवा पुस्ता मातृ भाषासंग भने टाढीदै गएको छ । सामाजी सञ्जालको प्रयोग बढ्दै जाँदा यस्ले थुपै्र समस्या पनि निम्त्याएको छ । तर धनगढी तारानगरका युवा सुभाषचन्द्र भण्डारीे सामाजीक सञ्जाल फेसबुकबाटै मातृ भाषा डोटेलीको संरक्षण र सम्वद्धनामा निरन्तर लागीरहनुभएको छ । शिक्षा संकायबाट अंग्रेजीमा स्नाकोत्तर गरीसक्नुभएका सुवाषचन्द्र भण्डारीको जन्म डोटीको गडसेरमा भएको हो । तर अध्ययन र अहिले आएर अध्ययापनका लागी धेरै बर्ष भण्डारीले धनगढीको तारानगरमा बस्नुपरेकाले उहाँलाई ठेट डोटेली भाषा बोल्न असजिलो हुने गरेको छ । तर डोटेली भाषामा रचना लेख्न भने भण्डारीलाई कुनै समस्या छैन् ।

सोही कलासंग परिचीत हुदै ६ महिना अगाडीदेखी सामाजीक सञ्जालबाट डोटेली भाषाको संरक्षण अभियानले अहिले धेरैलाई जोड्न सफल भएको छ । भण्डारी रेडियो नेपालमा थुप्रै कथा लेखेर २०६२÷०६३ सालमा धेरै श्रोताका प्रिय वनिसक्नुभएको थियो । तर पुर्वीय संस्कृतिको आडमा डोटेली भाषा लोप भईरहेको कुराले घोचेपछि भण्डारीले ६ महिना अगाडी देखी मात्रै डोटेली संवाद लेख्न सुरु गर्नुभएको हो ।

लोकराज : कैतिर बट्टिया सर , यै पर्भातै ? कानिनी झोला लै छ , चानन लै लाया छौ ?

मिहिलाल : द तम नै पड्या प काइनै ? म त चुनाबमी खट्टिया प छु । कपल्लेकी फाल्दियो मलाइ त । तबैचार ऐलइ जान्लाछु ।

लोकराज : ( अचम्म मानिबर ) तम लै पड्या प लिस्टमी ?मास्टर त नराख्दे भन्न लाथे के अगल्दिन ।

मिहिलाल : यो त सब झुक्याउनेइ कुरडी मात्र हो । पावर् भैपर सब जायज हुनो । म खि लै सुरुमी नै हुनो भन्न लाथे । अदालतमी मिता एक भिनाजु रैछन , उनुइ ले मिलाइदिया हो ।

लोकराज : म मेरो नाम आइजालो भनिपर बाटो हेरिबर बसे । नै कोइ पछेन्या , न म शीत रुप्पे , को पाड्डो हो मेरो नाम !

मिहिलाल : घरै सिरैबर हुन्छ पै ? नेताइ पुछडी निफटी राखिपर , अदालत कुदया कुदेइ अरिराखिपर प हुन्छ । सदाँइ इस्कुलै भनिपर काँहाइ हुन्छ रे ? तेइ मास्टरा तलबले मात्र के घरुव लागन्छ रे ?

लोकराज : है भने । ऐल चेत आयो । चाकडी अद्द म नजान्ने । इस्कुल छाडिपर कसैका खुट्टाइनो पड्ड म नैगए । याँ त आफना मान्छे चाइने रैछन । नियम कानुन सब भाडमी ! कसा कसा मान्स लै मतदान अधिकृत बनाइदिया रैछन । मथिघरो धर्मे लै मतदान अधिकृत भन्यो । हेल्थ पोस्टो मुख्य हो त्यो ।

डोटेली भाषाको संरक्षणमा एउटा ईट्टा थप्न सकिन्छ की भनेर भाषा संरक्षणका लागी फेसवुक अभियान सुरु गरीएको उहा बताउनुहुन्छ । उहाँको संवाद सामाजीक सञ्जाल फेसवुक मार्फत प्रत्येक दिन सार्वजनीक हुन्छ भने सान्दर्भीक विषयमा ब्यङग्यात्म शैलीले लेखीएका संम्वादका धेरै पारखी पनि बनिसकेका छन् । भण्डारीको सम्वाद चलनचल्तीको विषयमा केन्द्रित हुने गरेको छ । सम्वादमा प्राय जसो देव्वो, धौली र तिर्थे नामका पात्रहरु ह्ुन्छन् जस्ले प्रत्येक सम्वानमा कुनै न कुनै सन्देश दिएका हुन्छन् । भण्डारीको सम्वादमा प्रयोग गरीएका शब्दमा कुनै पनि किसीमको मिसावट भेटीदैन शुद्ध डोटेली शब्दहरु प््रयोग गरीएको हुन्छ ।

त्यसैले भण्डारीले डोटेली भाषाको अभियान्ता पनि भन्न थालीएको हो । सामाजीक सञ्जाल फेसवुक अहिले प्रभावकारी सञ्चार माध्यमको रुपमा विकास भईरहेको छ । तर यस्को प्रयोग भने प्राय उपलव्धी नहुने कामका लागी भईरहेको छ । तर फेसवुकबाटै सुरु गरीएको भण्डारीको डोटेली भाषा संरक्षण अभियानले भने फेसवुकबाट पनि उपलव्धीका काम गर्न सकिन्छ भन्ने पुष्टी गरेको छ । आफुले सुरु गरेको अभियानपछि डोटेली भाषाको संरक्षणमा जुट्ने युवाहरुको जमात बढ्ने आशाा भण्डारीको पनि छ ।

अडियो सुन्नुहोस 

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved