This is a test

साफेवगरमा नयाँ शहरको काम कछुवाको गतिमा

0

शिवराज खत्री, साँफेबगर माघ १७ गते ।

आवश्यक जग्गा खरीद गर्न नसक्दा अछामको साँफबेगरलाई नयाँ शहरको रुपमा बिकास गर्ने कार्य कछुवाको गतिमा चलिरहेको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्ने देशका बिभिन्न १० वटा शहर मध्ये अछामको साँफबेगरलाई पनि नयाँ शहर बनाउने काम सुरु भएको हो । आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि चाहिने जग्गाको व्यवस्थापन हुन नसक्दा नयाँ शहरको काम सुस्त गतिमा अघि बढिरहेको छ ।

भौतिक पूर्वाधार निर्माणका लागि आयोजनाले स्थानीयबाट किन्ने र ऐलानी प्रति सरकारी जग्गा अधिग्रहण गर्न नसक्दा आयोजनाले सोचे अनुसार काम गर्न नसकीएको हो । नयाँ शहरमा बहुउद्देश्यिय हल, खेल मैदान, सपिङ कम्पलेक्स, तरकारी फलफूल संकलन केन्द्र, बसपार्क जस्ता भौतिक पूर्वाधारहरु निर्माण गर्ने सरकारको योजना छ ।

यस मध्ये साँफेबगरमा आयोजनाले हाल सम्म बसपार्कका लागि आवश्यक २९ रोपनी जग्गा खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ भने जग्गाकै कारणले अन्य ठूला योजना निर्माणको काम अगाडी बढाउन सकेको छैन । जग्गा प्राप्त गर्न नसक्दा हाल सम्मकै सबैभन्दा ठूलो योजना तरकारी तथा फलफुल बिक्रि केन्द्र निर्माणका लागि गत बर्ष आएको ६ करोड रुपैँया फ्रिज भएको छ ।

आयोजनाका निमित्त प्रमुख अमरेन्द्र कुमार झाले ऐलानी प्रति जग्गा अधिग्रहण गर्नका लागि थुप्रै पटक स्थानीय र सरोकारवालसँग छलफल गरेपनि जग्गा आयोजनाको मातहमा ल्याउन नसकिएको बताउनुभयो । सरकारले आर्थिक २०६६÷०६७ मा नै नयाँ शहर बिकास गर्ने योजना अघि सारे पनि आर्थिक बर्ष २०७२÷०७३ बाट कार्यालय नै स्थापना गरेर काम थालनी गरीएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved