साढे तीन दशकदेखि स्तरोन्नतिको पर्खाईमा सेती अञ्चल अस्पताल

0

नवराज पनेरु, धनगढी २६ साउन ।

यस क्षेत्रका राजनितिक दल र जनस्तरवा दबाव श्रृजना हुन नसकेपछि सुदुरपश्चिमकै रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पताललाई स्तरोन्नती गर्ने सपना अझै पुरा भएको छैन् । साढे ३ दशकदेखी स्तरोन्नती नगरीदा अस्पतालमा जनशक्ति, संरचना र शैया अभावको बिकराल समस्या देखीएको छ । विगतमा क्षेत्रीय र अहिले प्रादेशिक अस्पताल बनाउने भन्दै अस्पताल प्रशासन र विकास समितिले बेला–बेला आवाज उठाएपनि त्यसको कुनै प्रभावकारीता देखिएको छैन् ।

अस्पतालमा प्रदेश नम्वर ७ का ९ जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्यचौकी, जिल्ला अस्पतालहरु, महाकाली अञ्चल अस्पतालदेखी उप–क्षेत्रीय अस्पताल डडेल्धुरावाट पनि विरामी रेफर भएर आउने गरेका छन तर अस्पतालमा २०४० सालकै दरवन्दी छ । अस्पतालमा उपलव्ध जनशक्ती, संरचना र शैयाको व्यवस्थापन गर्न नसकेको विकास समिति र प्रशासनले अस्पताललाई प्रादेशिक बनाउने प्रक्रिया पनि दवाव श्रृजना गर्दै निर्णायक रुपमा अगाडी बढाउन सकेका छैन् ।

सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल वनाउने मुख्य एजेण्डा सहित राजनितिक नियुक्ती ल्याएर विकास समितिको कार्यभार सम्हालेका पदाधिकारीहरु पनि अस्पतालका जुनसुकै विषय झै यो विषयमा पनि अलमलमा परेका देखिन्छन् । सेती अञ्चल अस्पताल विकास समितीकी अध्यक्ष रिता भण्डारी बमले ६ महिना अगाडी उहाँकै पार्टीबाट स्वास्थ्य मन्त्री बन्नुभएका गगन थापाकै पालामा अस्पतालको स्तरोन्नती हुने दावी गर्नुभएको थियो । तर ६ महिनापछि स्वास्थ्य मन्त्री पनि नयाँ आएपनि स्तरोन्नतीका लागी सेती अञ्चल अस्पतालको साढे तिन दशक लामो पर्खाई अझै तोडीएको छैन् ।

सेती अञ्चल अस्पतालाई स्तरोन्नती गर्ने प्रादेशीक बनाउने अधिकार अस्पताल विकास समिती र अस्पताल प्रशासनलाई न भएपनि केन्द्रमा राजनीतीक तबरले र स्थानीय स्तरमा जनस्तरबाट निर्णायक दबाव श्रृजना गर्न माहोल बनाउने काम पनि अस्पताल प्रशासन र विकास समितीबाट भएको देखीन्न । २०४० सालकै दरबन्दी हुदा काम गर्न निकै असहज भईरहेको सेती अञ्चल अस्पतालका निमीत्त मेडीकल सुपरेटेन्डेन्ट डाक्टर सजन केसीले बताउनुभयो ।

कैलालीवाटै विजयी भएका सासंद रामजनम चौधरी स्वास्थ्य मन्त्री भईसक्नु भएको छ । आफ्नो पार्टीको नेता स्वास्थ्य मन्त्री हुँदा दलहरुले पनि अञ्चल अस्पताललाई स्तरोन्नती गर्ने बाचा पटक–पटक गरीसकेका छन् । तर प्रादेशीक अस्पताल बनाउने प्रक्रियामा राजनीतीक क्षेत्रबाट कुनै पनि पहल भएको देखीन्न । अहिले स्वास्थ्य मन्त्री पाएको दल नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला ईन्चार्ज हरी चौधरी उत्सवले पनि भदौमा अस्पतालको स्तरोन्नतीको लागी आफ्नो पार्टी मन्त्रालयमा धाउने दावी गर्नुभयो ।

विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अञ्चल अस्पताल विक्रम सम्बत २०४० सालयता स्तरोन्नती गरीएको छैन् । सेती अञ्चल अस्पतालमा अहिले विकास समितीका १ सय २ र सरकारी दरबन्दीमा एक सय एक गरी २ सय ३ जना कर्मचारी छन् । जसमा विशेषज्ञ चिकीत्सक १२ र बाँकी २० गरी ३२ जना चिकीत्सक मात्रै कार्यरत छन् । एकातिर जनङख्या तिव्र रुपमा बढिरहेको छ भने अर्को तर्फ २०४० सालकै दरबन्दीमा अस्पताल चलीरहँदा अस्पतालमा जनशक्ति र भौतीक संरचनाको अभाव हुनु स्वभावीक नै हो ।

२०४० सालमा ५० सैयाको सरकारी स्वीकृती पाएको अस्पताललको ३४ बर्ष सम्म स्तरोन्नती भएको छैन् । सावीकको संरचनमा पटक–पटक क्षेत्रीय अस्पतालका लागी पहल भएपनि माग पुरा हुन सकेन । अहिले आएर स्वास्थ्य मन्त्रालयले सेती अञ्चल अस्पतालाई कुन तहको अस्पताल बनाउने भन्दै स्तरोन्नत्तीको फाईल अड्काएको छ । तर आफ्नो कार्यकालमा अस्पतालको जसरी पनि स्तरोन्नती गराउने अस्पताल विकास समितीकी अध्यक्ष रिता भण्डारी बमले दावी गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved