This is a test

सहमती पालना नगरेको भन्दै शिक्षा कार्यालयमा तालाबन्दी

0

बीपी अनमोल, महेन्द्रनगर २७ साउन ।

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा माओवादी पार्टीको अखिल क्रान्तिकारीले कञ्चनपुर शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन् । शुक्रबार दुवै संगठनले संयुक्त रुपमा जिल्ला शिक्षा अधिकारी र प्रशासनिक कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कञ्चनपुर जिल्लाको शैक्षिक गुणस्तर सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थी संगठनहरुसंग भएको सहमति कार्यान्वयन अहिलेसम्म नभएको भन्दै दुवै विद्यार्थी संगठनले तालाबन्दी गरेको अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्रराज विष्टले जानकारी दिनुभयो ।

बिगतमा विद्यार्थीहरुको आन्दोलनपछि जिल्ला शिक्षा कार्यालयले विद्यार्थीहरुको समेत सहभागिता रहने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको थियो । तर शिक्षा कार्यालयले त्यसपछि कार्यदल गठन समेत नगरी उल्टै मागहरु वेवास्ता गर्ने काम गर्दै आएको अखिल क्रान्तिकारीका अध्यक्ष विष्टले बताउनुभयो । तत्कालिन समयमा विद्यार्थीहरुले विभिन्न ८ बुँदे मागहरु अघि सारेका थिए ।

विद्यार्थीहरुले हरेक वर्ष बढाउदै आएको शुल्कबृद्वि रोक्नुपर्ने, एकपटक भर्ना भइसकेपछि पुनः दोहोरो भर्ना लिन नपाईने, अवैधानिक बोर्डिङ्ग स्कुलहरु बन्द गरिनुपर्ने, विद्यालयहरुको वर्गिकरण गर्नुपर्ने लगायतका विभिन्न ८ बुँदे मागहरु राखेका थिए । शिक्षा कार्यालयले अवैधानिक बोर्डिङ्गहरु बन्द गर्नुको साटो सञ्चालनमा नभएका बोर्डिङ्गहरुको समेत थप कक्षा अनुमति दिई शैक्षिक माफियाको मिलेमतोमा अनुमति बेच्न काम समेत शिक्षा कार्यालयले गर्दै आएको विद्यार्थीहरुको आरोप छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved