This is a test

सशस्त्र युद्धकालका घाईते अपाङ्गको पुनः परीक्षण

0

शिवराज खत्री, अछाम माघ १९ गते ।

विगत सशस्त्र युद्धको समयमा घाईते, अपांग, अंगभंग भएकाहरुको अपांगता प्रतिशत पुनरावलोकनका लागि अछाममा पुनः शारिरीक तथा मानसिक परीक्षण कार्य सुरु भएको छ । यस अघि निर्धारण गरिएको अपाङ्गता प्रतिशत बढाउन माग गर्दै जिल्ला प्रशासनमा निवेदन दिएकाहरुको बिहीबारदेखि शारिरीक तथा मानशिक परीक्षण सुरु गरिएको हो ।

शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले अपाङ्गता प्रतिशत पुनरावलोकन गर्न चाहनेका लागि ६ महिना अघि सार्वजनिक गरेको सुचनाका आधार अछाममा ४५ जनाले जिल्ला प्रशासनमा निवेदन दिएका थिए । त्यस मध्ये बिहीबार २२ जनाको शारिरीक तथा मानशिक परीक्षण गरिएको छ ।

परीक्षणमा संलग्न मेडिकल अधिकृत अतुल भारद्वाजले २२ जना मध्ये एक जनाको मात्र अपाङ्गता २० प्रतिशत बाट ५१ प्रतिशत कायम गर्न सिफारिस गरिको जानकारी दिनुभयो । अपाङ्गता प्रतिशत पुनरावलोकनको माग गर्दै निवेदन दिनेमा न्यूनतम् २० प्रतिशत देखि अधिक्तम् ५१ प्रतिशत सम्मको सुबिधा उपभोग गरिरहेकाहरु छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved