This is a test

सवा करोड खर्च गरिएको मतदाता शिक्षा नगर क्षेत्रमै पुगेन

0

नवराज पनेरु, धनगढी मंसिर १८ गते ।

कैलालीमा मतदाता शिक्षाका लागी खर्च गरीएको सवा करोड रकम बालुवामा पानी जस्तै भएको छ । प्रदेश सभा र प्रतिनीधी सभाको निर्वाचन आउन तिन दिन मात्रै बाँकी रहेका बेला नगर क्षेत्रमै मतदाता शिक्षा स्वयमसेवकहरु पुगेका छैनन ।

नगर क्षेत्रका अधिकासं टोलहरुमा पुग्दा मतदाताहरु मतपत्रको प्रकार र सङख्या बारे पनि अलमलमा परेको देखीएको छ । कैलाली जिल्लामा ५ सय ३८ जना मतदाता शिक्षा स्वयमसेवकका लागी सवा करोड भन्दा बढि रकम खर्च गरीएको छ ।

धनगढी उप–महानगरपालीका क्षेत्रका अधिकासं ज्येष्ठ नागरिकहरु तथा महिलाहरुले प्रतिनिधिसभा र प्रदेशसभाका कति वटा र कस्तो मतपत्र हुन्छ भन्ने कुरामा पनि जानकारी नै नभएको बताएका छन् । आफुलाई मत पत्र कस्तो हुन्छ कसरी भोट हालने केही जानकार िनभएको धनगढीको बसन्तटोलीका स्थानीय रोसनी चौधरीले बताउनुभयो ।

धनगढी उप–महानगरपालीकाको बसन्तटोलमा रहेको शिवीरका अधिकासं मतदाताहरुले स्थानीय तहको निर्वाचन जस्तै यसपालीको प्रदेश र प्रतिनीधी सभाको निर्वाचनमा पनि सात वटा छाप लगाउने त होला भनेर मतदानको तयारी गरीरहेका छन् । भोट माग्न नेताहरु आउने गरेपनि मतदाता शिक्षाको लागी भने अहिले सम्म कोही नआएको शिवीरकी महिला विमला चौधरीले बताउनुभयो ।

महिला र ज्येष्ठ नागरीकहरु मात्रै होईन युवा र शिक्षित व्यक्तिहरुसम्म पनि मत हाल्ने तरिका पुगेको छैन । दैनिकजसो मत माग्न पुग्ने उम्मेदवारले लौ है हामीलाई मत दिनु होला, हामी विकास निर्माण पनि गर्छौं, तपाईका सपना पनि पूरा गर्छौं भनेर मत माग्ने गरेका छन् तर कोही कसैले पनि मतदानको प्रक्रियाका बारेमा नसिकाएको स्थानीय खेमराज ठकुल्लाले बताउनुभयो ।

गत असारमा भएको स्थानीय तहको निर्वाचनमा पनि कैलालीमा मात्रै ५ प्रतिशतभन्दा वढी मत वदर भएको थियो । त्यो निर्वाचनभन्दा ६० हजार मतदाता थपीएका छन् । विभीन्न संघ सस्थाबाट मतदाता शिक्षा चलाईरहेकाहरुले पनि मतदाता शिक्षा स्वयमसेवकहरु कतै पनि नपुगेको गुनासो आएको बताएका छन् । यता निर्वाचन कार्यालले ढिलो गरी मतदाता शिक्षाको कार्यक्रम सुरु भएकाले सबै क्षेत्रमा मतदाता शिक्षक नपुगेको स्वीकार गरेको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी मोहन अर्यालले समय थोरै भएकाले मतदाता शिक्षा प्रभावकारी नभएको बताउनुभयो । आयोगले शिक्षक, सामाजिक कार्यकर्तालाई पनि मतदाता शिक्षाका लागि परिचालन गरेको छ । तर अधिकासं क्षेत्रमा मतदाता शिक्षा स्वयमसेवकहरु पुगेका छैनन भने पुगेका क्षेत्रमा पनि उनिहरुले नै मतदाता शिक्षामा उम्मेदवारको प्रचार गरेको आरोप पनि लागेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved