This is a test

सलमान खानको ‘टाइगर जिन्दा हे’

0

बलिउडमा निरन्तर ‘इमोसनल’ चलचित्रपछि अब सलमान खानको एक्सनप्रधान चलचित्र आउने भएको छ । यही वर्षको डिसेम्बरमा सलमान खानको एक्सनले भरिपूर्ण चलचित्र ‘टाइगर जिन्दा हे’ रिलिज हुँदैछ । जुन चलचित्रमा एउटै दृश्यका लागि सलमानले ३० किलोको बन्दुकबाट ५ हजार गोली चलाएका छन् । अली अब्बास जफरद्वारा निर्दे्शित चलचित्र ‘टाइगर जिन्दा हे’ ‘एक था टाइगर’ कै सिक्वेल हो ।

जानकारीका अनुसार ‘टाइगर जिन्दा हे’ मा एउटा दृश्यका लागि सलमानले अटोमेटिक मेसिनगन प्रयोग गरेका थिए । एमजी ४२ नामको यो बन्दुकलाई बाहिरबाट मगाइएको थियो । सलमानले बन्दुक उठाउँदै गरेको एउटा तस्बिर सार्वजनिक भएको छ । चलचित्रको निर्माण पक्षले सुटिङमा सलमानलाई निकै कठिन भएको थियो । निर्देशक अली अब्बास जफर भन्छन्, ‘जब तपाईँको चलचित्रमा सलमान खान हुन्छन्, जो एक्सनका लागि नै चिनिन्छन् ।

उनको व्यक्तित्व अनुसारको दृशयका लागि यो बन्दुकको प्रयोग गरिएको हो । यो दृश्यका लागि सलमान खानले तीन दिनमा ५ हजार गोली चलाएका छन् ।’ सलमान खान र कटरीना कैफ अभिनित चलचित्र ‘ टाइगर जिन्दा हे’ डिसेम्बर २२ मा रिलिज हुँदैछ । सलमानको पछिल्लो चलचित्र ट्यूबलाइटले आशा गरे अनुसारको व्यापार गर्न सकेको थिएन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved