This is a test

सर्वाेच्चले दियो रेशम चौधरीलाई जहिले पनि पक्राउ गर्ने आदेश

0

धनगढी, पुस १० गते ।

सर्वोच्च अदालतले टिकापुरको हिंसात्माक घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई प्रहरीले जहिले पनि पक्राउ गर्न सक्ने जनाएको छ । ज्यानमुद्धाका फरार अभियुक्तलाई प्रहरीले जहिले पनि पक्राउ गर्न सक्ने फैसला सर्वाेच्चले सुनाएको हो । कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीले आफूबिरुद्ध ज्यानमुद्दा दायर भएको थाहा हुँदाहुँदै अदालती प्रक्रियालाई छलेको पनि सर्वोच्च अदालतले जनाएको छ ।

रेशम चौधरीका वारेसले सर्वोच्चले उनीसम्बन्धी रिट दरपीठ गर्नु कानुनसम्मत नभएको भन्दै दायर गरेको रिटमा यस्तो उल्लेख गरेको हो । अदालतले उक्त रिटलाई दरपीठ गर्नु कानुन सम्मत भएको फैसला समेत गरेको छ । चौधरीका वारेशले निर्वाचन आयोगले निवार्चित प्रमाणपत्र नदिएको भन्दै दायर गर्न खोजेको रिट सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारले मंसिर २९ गते दरपिठ गरिदिएका थिए ।

चौधरीले आफु बिरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको जानकारी हुँदा हुँदै अदालतबाट जारी वारेण्ट तथा म्याद पुर्जी समेतको अवज्ञा गरिरहेको फैसलामा उल्लेख छ । सर्वोच्चले अदालती प्रक्रियालाई छलेर संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउँछ भन्नु नमिल्ने जनाएको छ । अभियोग लागेका व्यक्तिले कानून बमोजिम सफाइ लिनुपर्ने अदातलले गरेको फैसलामा उल्लेख गरिएको छ ।

चौधरीले अदालतीय प्रक्रियालाई अवज्ञा गर्दै कानूनी प्रक्रियाबाट बाहिर रहेको भन्दै सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल ईजालासले उक्त फैसला गरेको हो । चौधरीले दरपीठको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गर्दै रिट दर्ताको परमादेश माग गरि रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रिटमा नयाँ आदेश दिनु नपर्ने फैसला सुनाएको हो । चौधरीको तर्फबाट अधिवक्ता दिपेन्द्र झा र सुनिलकुमार पटेलले बहस गर्नुभएको थियो । चौधरीलाई टीकापुरमा प्रहरी बरिष्ठ उपरीक्षक सहितको ज्यान जाने गरी घटेको घटनाका मुख्य योजनाकार भएको आरोप सहित कैलाली जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved