This is a test

सर्वाधिक राशीको सुदुरपश्चिम खप्तड गोल्डकपको पहिलो दिन ( फोटो फिचर )

0

धनगढी पुस२१ गते ।

सर्वाधिक राशीको सुदुरपश्चिम खप्तड गोल्डकप आजदेखी धनगढीमा सुरु भएको छ । प्रतियोगीतामा आयोजक सुदुरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ । प्रतियोगीताको उद्धघाटन खेलमा काठमाण्डौको ए डिभिजन क्लव च्यासल युथ क्लवलाई पेनाल्टी सुट आउटमा पराजती गर्दै आयोजकले विजयी सुरुवात गरेको हो ।

आयोजकले च्यासल युवा क्लवलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजीत गरेको हो । बाई पाएर क्वाटरफाईनलमा पुगेको आयोजक टिम आजको जितसंगै सेमीफाईनलमा प्रवेश गरेको छ ।

यसअघि प्रतियोगीताको एक औपचारीक कार्यक्रम सहित उद्धघाटन गरीएको थियो । उद्धघाटन पुर्व धनगढी बजारमा ¥याली पनि निकालीएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री पत्नी पुवं सासंद आरजु राणा देउवालाई आयोजकले २१ किलाको माला समेत लगाएको थियो । सुदुरपश्चिमको विकास र समृद्धीको माग सहित २१ किलाको माला लगाईएको हो । राणाले खेल क्षेत्रको विकासका लागी लागी रहने बताउनुभयो ।

प्रतियोगितामा नेपालका र भुटानको एक गरी १२ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रम आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फोटो : शिवराज भट्ट, दिनेश एफएम

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved