This is a test

सरकारी शिक्षक रिक्सा चलाउदै, भन्छन ‘कामलाई सानो ठुलो भनेर हेप्नु हुदैन’

0

दीपक जोशी, धनगढी माघ ०१ गते ।

विहान ७ बज्योकी से १ ह १०७३ नम्बरको निलो रंगको अटो रिक्सा अत्तरियाको बसन्तपुरबाट एकाएक बजारमा निस्कन्छ, अनी सुरु हुन्छ, ९ बजेसम्मको यात्रा। सवारी बोक्दै छोड्दै ९ बज्ने वित्तिकै अटो फेरि घरतिरै मोडिहालिन्छ, त्यसपछि खाना खाएर सुरु हुन्छ उनको अध्यापनको तयारी । अझ साँझको साढे चार बजेदेखि झण्डै साढे ६ बजेसम्म पनि यही क्रम । गोदावरी नगरपालिकाका वडा नम्बर १ मा रहेको गुहेश्वरी माध्यामिक बिद्यालयका शिक्षक कबिराज भट्टको दिनचर्या हो यो ।

सरकारी शिक्षण पेषामा कार्यरत भट्ट डेढ बर्ष अघि अत्तरियामा ६ कोठे पक्की घर निमार्णकै क्रममा रहेका बेला मोटरसाईकल दुर्घटनामा परी सक्त घाईते भए । उपचारका क्रममा करिव पाँच लाख खर्च भयो । एकातिर घर निमार्ण अर्काे तिर दुर्घटनामा परी उपचार गर्दा लाखौ रकम खर्च, भट्टको टाउकोमा ऋणको भारी थपिदै गयो। भएको रकम जति उपचारमा खर्च भएपछि उनको घर निमार्ण पनि रोकियो । सरकारी बिद्यालयमा शिक्षण गरी आउने तलव उपचारकै ऋण तिर्न पनि पुगेन ।

उनको मनमा कसरी धेरै पैसा कमाउने कुरा खेल्न थाले । एकदिन अबेर रातीसम्म श्रीमतीसंग गफिदै उनले जुक्ती निकाले अब अटो रिक्सा चलाउछु र मनग्य पैसा कमाउछु । दोस्रो दिन उनि अत्तरियाकै एक बैङकमा गए र अटो किन्नका लागि ऋण निकाले । बिहान १० बजेदेखी ४ बजेसम्म शिक्षण पेषामा व्यस्त रहने भट्ट साँझ बिहानको फुर्सदको समयमा अत्तरिया बजारमा अटो चलाएर हरेक दिन १ हजार भन्दा बढी रकम कमाउन थालेका छन । बिहान ७ बजेदेखी ९ र बेलुकी साढे चार बजेदेखी ७ बजेसम्म दैनिक साढे ४ घण्टा अटो चलाउने उनलाई अहिले घरव्यवहार चलाउन निकै सहज भएको छ ।

‘अटो चलाएर आउने आम्दानीले घर खर्च सहित छोराछोरीको पढाई खर्च जुटिरहेको छ उनले भने बिद्यालयबाट आउने तलव चोख्खै बच्ने गरेको छ ।’ ३२ बर्षिय भट्टले बिद्यालयको तलब र अटो चलाएर हुने आम्नादी जोडेर अहिले आफुलाई लागेको ऋण लगभग चुक्ता गरिसकेका छन भने घर निमार्णको काम पनि पुरा गरिसकेका छन । ‘घर बनाउदा लागेको ऋण थोरै बाँकी छ, अरु सबै तिरिसके, अटोको आम्दानीले बैङकको ऋण तिर्न निकै सहज भएको छ ।’ उनले भने ।

‘अटो चलाउन सुरु नगरेको भए अहिले पनि टाउकोमा ऋणको भारी कम हुने थिएन, घर बनाउने काम पनि अलपत्र पर्ने थियो उनले बिगतको दर्दनाक दुर्घटना सम्भदै भने, मोटरसाईकल दुर्घटनाबाट मुस्कीलले बाँचेको म अहिले घरपरिवारलाई खुसीका साथ पालिरहेको छु ।’ त्यसो त भट्टले अटो चलाउदा खिसि काट्नेहरु पनि थुप्रै थिए । सरकारी जागिर छदै थियो अटो चलाएर कति पैसा कमाउनु परेको होला आफन्तहरुले उनलाई खिसि काट्दै भन्ने गर्थे । तर उनले यस्ता कुराको पहवाह नगरी आफ्नो काम गरिरहे ।

त्यतीबेला खिसि काट्नेहरु अहिले आफुलाई प्रेरणा मान्ने गरेको भट्ट बताउछन् । ‘उतिबेला मेरो खिसि काट्नेहरु अहिले मेरै आयश्रोत देखेर मसंगै अटो चलाउन थालेका छन कामलाई सानो ठुलो मान्नु हुदैन, अटो चलाउनुलाई सानो काम सम्झेको भए मैले यत्रो ऋण कसरी तिर्थे ? उनले गर्बका साथ भने ।’ जागीर पाईएन भन्दै बिदेस जान खोज्ने, नसके गाउघरमै बरालीएर हिड्ने युवाहरुलाई आफ्नै ठाउमा ईलम गर्न उनको सुझाव छ ।

आफ्नै ठाउमा पैसा कमाउने थुप्रै बाटाहरु रहेको बताउदै उनि कामलाई सानो ठुलो भनेर हेप्नु नहुने बताउछन । आफ्नै बिद्यार्थीहरुलाई पनि अटोमा सवार गराउने भट्ट आफ्नो कामप्रति निकै सन्तुष्ट छन भन्छन ः काम सानो ठुलो हुदै हुदैन मानसिकता ठुलो र बलियो बनाउनुपर्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved