This is a test

सरकारले अब प्रदेश प्रमुख र अस्थाई राजधानी आफै तोक्छ : प्रधानमन्त्री देउवा

0

धनगढी, पुस २८ गते ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थाई राजधानी तोक्नका लागि पटक पटक गरिएको छलफलमा सहमति जुटन नसकेपछि अब सरकारले आफै तोक्ने बताउनुभएको छ । शनिबार हुने सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन धनगढी आउनुभएका प्रधानमन्त्री देउवाले शुक्रवार धनगढी विमानस्थलमा पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै यस्तो बतााउनुभएको हो ।

उहाले आफु सरकारको नेतृत्व छोडन तयार रहेपनि राष्ट्रिय सभाको निर्वाचन अघि छोडने अवस्था नभएकाले राष्ट्रिय सभाको चुनाव गरेर मात्रै छोडने बताउनुभयो । ३३ प्रतिसत महिलाको सहभागिताका कारणले राष्ट्रिय सभाको निर्वाचन पछि मात्रै प्रतिनिधि सभाको गठन हुने संबैधानीक ब्यवस्था भएकाले सरकार छोड्न ढिलाई भएको प्रधानमन्त्रीको भनाई थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पस शिद्धनाथ बहुमुखी क्याम्पसबाट स्नातक र स्नातकोत्तर तहका तीन वटा संकायका विद्यार्थी पाश भईसकेकाले शनिबार महेन्द्रनगरमा दिक्षान्त समारोहको आयोजना गरिने छ । प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयका पदेन कुलपती हुने ब्यवस्था छ । प्रधनमन्त्रीसँगै शिक्षामन्त्री गोपालमान श्रेष्ठ पनि दिक्षान्त समारोहका लागि आउनुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved