This is a test

सन्ध्या को नेपाल आयडलमा उत्कृष्ट ९ सम्मको यात्रा

0

नवराज पनेरु, धनगढी १५ साउन ।


साङगीती क्षेत्रबाट नेपाल आयडलमा सहभागी भएर धनगढीकी सन्ध्या जोशीले पनि सुदुरपश्चिमबासीलाई सिर उचो पार्ने मौका दिईन् । तर हजारौ प्रतिस्पर्धीलाई पछाडी पारेकी जोशीको नेपाल आयडलको यात्रा भने शुक्रवार उतकृष्ट ९ मा आएर रोकीएको छ । ‘नेपाल आइडल’ मा प्रवेश गरेकी सन्ध्या शुक्रवार प्रतियोगीताबाटै कम भोट पाएको आधारमा बाहीरीएकी छन् ।

काठमाडौ अडिसनमा ८ हजार प्रतिस्पर्धीसंगै सहभागी भएकी जोशी विभीन्न चरण पार गर्दै उत्कृष्ट ९ सम्म पुगेकी थिईन । उहाँको गायकीमा कमी भएर होईन दर्शकले पनि कम मन पराएर पनि होईन तर ८ जनाको गायकी दर्शकलाई जोशीको भन्दा बढि मन परेको होला सयद । धनगढीमै रहेका बेला विभीन्न सास्कृतीक कार्यक्रममा बेला बखत गाईरहने सन्ध्यालाई नेपाल आयडलको उत्कृष्ट ९ सम्मको यात्रा तय गर्न सहज थिएन् ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा पब्लिक हेल्थ चौथो वर्षमा अध्ययनरत जोशी धनगढीबाट काठमाडौ गएर पछिल्ला २ बर्ष यता चर्चीत गितहरु आफ्नै शैलीमा गाउँदै युटुवमा राख्ने र गायन कलालाई अझै परिपक्क बनाउन सक्रिय थिईन । जोशीको कडा मेहनत र लगनले उत्कृष्ट ९ सम्म पुगाउन पनि सफल भयो । तर नेपाल आयडलको उत्कृष्ट ९ बाट बाहीरीए पनि त्यहाँबाट भने सन्ध्या अझै निखारीएर आएकी छन् । नेपाल आयडलबाट सिकेको ज्ञानले सन्ध्यालाई साङगीतीक यात्रा अगाडी बढाउन थप टेवा पुगाउने छ ।

नेपाल आइडलको सुरुदेखि नै राम्रो गाँउदै आएकी शान्त र सालिन सन्ध्याले निर्णायकहरुबाट एकदमै ठुलो प्रशंसा बटुलिन् । सधैँका प्रतियोगिताहरुमा अब्बल प्रस्तुतीका साथ उपस्थित हुने सन्ध्यालाई निर्णायकहरुले ‘क्याटवाक गर्ल’ को उपाधी दिए । अथक मेहनतबाट पुगेको ठाउ छोड्न पर्दा कस्को मन नदुख्ला ? तर सन्ध्यामा न त छनौट हुँदा त्यति धेरै उमंग थियो न बाहिरिदा त्यत्ती धेरै निराशा नै ।

 

सन्ध्याले मनलाई भावुक बनाउदै नेपाल आयडलको मन्च छाड्ने कोशिस गरिन् तर मञ्च छोड्दै गर्दा जोशीका लागी अव थुप्रै बाटो खुलीसकेका छन् । अव सन्ध्याले छिट्टै बजारमा गित ल्याउने तयारी गरीसकेकी छन् । धनगढीमा विभीन्न व्याण्डमा सक्रिय रहेपनि औपचारिक रुपमा कसैसँग पनि संगीत नसिकेकी सन्ध्याले नेपाल आयडलमा आफ्नो कौसलता मात्रै देखाईनन् नेपाल आयडलको मञ्चमा सुदुरपश्चिमको पहिचान बोकेको देउडालाई पनि अझै विस्तार र सबै नेपालीसम्म पुगाउन सहयोग गरीन् ।

कहिले आफै गाएर त कहिले निर्णयकहरुलाई पनि देउडा गाउन लगाएर । पहिलो पटक धनगढीको त्रिनगर उच्च माध्यमिक विद्यालयको एक स्टेज कार्यक्रममा सार्वजनिक रुपमा गित गाएकी सन्ध्याको नेपालको चर्चित रियालिटी शो नेपाल आइडल बन्ने सपनामा यसपटकका लागि पूर्ण विराम लागको छ । नेपाल आइडलको २३ औँ श्रृखलाबाट सुमधुर आवाजकी धनी जोशीले बिदा हुनपरेपनि साङगीतीक यात्राका लागी भने जोशीका लागी यो आरम्भ हो ।

फोटो : सन्ध्या जोशीको फेसबुक बाट

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved