सडक स्तरोन्नतीमा दुई करोड

0

नरेन्द्र कार्की, दार्चुला २८ भदौ ।

शहरी आवास तथा भवन डिभिजन कार्यालय बैतडीले दार्चुला सदरमुकाम खलंगाको सडक स्तरोन्नतीमा दुइ करोड रुपैयाँ खर्च गर्ने भएको छ । यस आर्थिक वर्षमा दार्चुला सदरमुकाम खलंगाको सडक स्तरोन्नती निर्माणमा सो रकम खर्च गर्ने भएको हो । नमूना एकीकृत वस्ती कार्यक्रम अन्तर्गत खलंगामा सडक स्तरोन्नती कार्यक्रम गरिने डिभिजन कार्यालय बैतडीका इन्जिनियर शिबराज महर्जनले जानकारी दिनुभयो ।

स्थानीय तह महाकाली नगरपालिकासँगको समन्वयमा सडक निर्माणमा बजेट खर्च गर्ने गरी तयारी भइरहेको महर्जनले बताउनुभयो । सदरमुकाम क्षेत्रको सडकको मर्मत, सुधार, नयाँ सडक निर्माण जुनसुकै क्षेत्रमा यो बजेट खर्च गर्न सकिने महर्जनले बताउनुभयो । सडक स्तरोन्नतीको लागि नगरपालिका सँग समन्वय गर्ने तयारी भएको छ । यसअघि गल्फै क्षेत्र र सदरमुकाम क्षेत्रमा सडक मर्मत तथा नहर निर्माण कार्य भएका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved