This is a test

सडक र ढल निकासको सर्वेको काम अन्तिम चरणमा

0

सीताराम ओझा, धनगढी माघ ०१ गते ।

कैलाली कञ्चनपुरका चार शहरलाई आधुनिक र सुविधा सम्पन्न शहर निर्माणका लागि गत डिसेम्वरदेखि सुरु गरिएको क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तर्गतका सडक र ढल निकासको सर्वेको काम अन्तिम चरणमा पुगेको छ । एक उप–महानगरापालिका र दुई नगरपालिकामा सडक र ढल निकासको सर्वेको काम सकिदा एक नगरपालिकामा सर्वेको काम भईरहेको छ । चारवटै शहरमा बन्ने फोहर ब्यवस्थापन र दुई वटा नगरपालिकामा वन्ने भवनका लागि जग्गा प्राप्तीमा भईरहेको ढिलाईले त्यसको सर्वेको काम भने ढिलो गरी हुने भएको छ ।

यद्यपी एउटा नगरपालिकाको भवन निर्माणको लागि आवश्यक कामहरु अगाडी वढेका छन । धनगढी उपमहानगरपालिका, गोदावरी र शुक्लाफाटा नगरपालिकामा सडक विस्तार र ढल निकासको सर्वे पूरा भएपनि भिमदत्त नगरपालिकामा सर्वेको काम भईरहेको छ । सडक र ढल निकासका योजनाहरुको ८० प्रतिशत सर्वेको काम सकिएको परामदर्शदाता कम्पनी विल्डीङ डिजायन अथुरेटी (विडीए) का निर्देशक अनिल नेपालले बताउनुभयो ।

धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटरका सर्भे सकिएको छ भने गोदावरीमा २१ किलोमिटरमा अझै ७ किलोमिटरको सर्भे बाँकी छ । यसअघि खुटीया स्याउले सडकको ७ किलोमिटर पनि आयोजना अन्तरगत राखीएको अव उक्त सडक द्रतमार्ग अन्तरगत निर्माण हुने भएपछि नयाँ सडक खोज्न पहल भईरहेको छ । भिमदत्त नगरपालिमा भने ढिलोगरी सर्भेको काम सुरु भएकोमा अहिले पनि जारी रहेको सर्वेको काम हेरिरहनु भएका परामर्शदाता कम्पनी विडीएका प्रतिनिधि दिपक रेग्मीले बताउनुभयो ।

सडक र ढल निकासको सर्भे अन्तीम चरणमा पुग्दा फोहरमैला प्रशोधन केन्द्र र एक नगरपालिकाको लागि आवश्यक जग्गा प्राप्ति हुन नसकेकेकोले त्यसको सर्वेमा ढिलाई भएको छ । फोहरमैला प्रशोधन केन्द्रका लागि धनगढी र भिमदत्त नगरमा अधिग्रहणको प्रक्रिया अगाडी वढिरहेका वेला गोदावरीमा सामुदायिक वनको वैठकले पास गर्न वाँकी रहँदा शुक्लाफाटामा सामुदायिक वनले पास गरेर मन्त्रालयमा पठाईसकेको छ ।

नगरपालिकाको भवन निर्माणका लागि गोदावरीमा जग्गा खरिदको प्रक्रिया अगाडी वढिरहेका वेला शुक्लाफाटामा भने भवनको सर्वे सम्पन्न भएर डिजाईन स्टीमेटको काम भईरहेको क्षेत्रीय सहरी विकास आयोजनाका ईन्जिनियर ईश्वर वरालले बताउनाुभयो । चार वटै नगरमा झण्डै एक सय किलोमिटर सडक निर्माण, ढल निकास, फोहरमैला व्यवस्थापन, फोहर पानी व्यवस्थापन तथा गोदावरी र शुक्लाफाटा नगरपालीकाको कार्यालय भवन निर्माणको योजना आयोजना अन्तरगत निर्माण गरिने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved