सडक अतिक्रमण गरी निर्माण सामाग्री राख्दा बजार क्षेत्र अस्तव्यस्त

0

सीताराम ओझा, धनगढी १ कात्तिक ।

तीव्र शहरीकरण भैरहेको धनगढीमा सडक अतिक्रमण गरी निर्माण सामाग्री राख्दा बजार क्षेत्र नै अस्तव्यस्त बनेको छ । ट्राफिक सवारी आवगमन तथा पैदल यात्रुलाई समेत सास्ती हुने गरी ढुङ्गा, गिट्टी बालुवा राख्ने प्रवृत्ति बढ्दा बजार अस्तव्यस्त बनेको हो । वजार क्षेत्रका मुख्यसँगै सहायक सडकहरुमा जथाथभाी रुपमा निर्माणका लागि बालुवा, ढुङगा र गिटी लगायतका निर्माण सामाग्री राख्दा बाटो सवारी जाम समेत हुने गरेको छ ।

त्यस्तै कतिपय अबस्थामा त्यस्ता निर्माण सामाग्रीहरुमा मोटरसाईल जस्ता सवारी साधनहरु दुर्घटनाको जोखिममा परेका छन् । सवारी साधनहरुले तिब्र गतिमा सवारी कुदाउदा साँघुरा सडकमा सवारी दुर्घटनाको जोखीम पनि वढेको छ । सडक किनारमा आवत जावत गर्ने पैदल यात्रुहरुलाई पनि जभाभाथी राखिएका सामाग्रीले आवतजावतमा समस्या पार्दै आएको छ । यसले शहरको सुन्दरता घटाउनुका साथै धुलो धुवाको प्रदुषण समेत वढाएको छ ।

सडकका दुबै छेउमा निमार्ण सामाग्री राख्दा बजारमा सवारी जाम हुनुको साथै दुर्घटनाको खतरा समेत उत्तिकै बढेको जिल्ला ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । त्यसलाई हटाउन टाफिक प्रहरीले सकेको छैन । निर्माण सामाग्रीहरु हटाउने मुख्य जिम्मेवारी धनगढी उपमहानगरपालिको भन्दै पन्छिन खोजिरहेको छ ।

तर पनि जभाथावी राखिएका निर्माण सामाग्रीहरु हटाउने वारेमा छलफल भएकोले तिहारपछि यसलाई तिव्र रुपमा अगाडी वढाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दिपक पातलीले बताउनुभयो । धनगढी उपमहानगरले भने व्यवहारिक कठिनाईका कारण सडक नै अवरुद्व हुने गरी निमार्ण सामाग्री राख्नेहरुलाई कारवाही गर्न नसकिएको वताएको छ ।

घर निर्माण हुने स्थानमा उपहानगरपालिको सडकमा आवागमन अवरुद्ध नहुने गरी अनुमति लिएर राख्न पाईने भएपनि धेरै नगरवासीहरुले त्यसको उल्लंघन गरेका छन । उनीहरुले अनुमति नसलिईकन नै सडक किनारमा निर्माण सामाग्रीहरु थुपारेका छन । यसको व्यवस्थापनमा चुनौती हुँदा हुँदै पनि नियन्त्रणका लागि लागिरहेको धनगढी उपमहानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved