This is a test

संरचना भत्काउन अटेरी गर्नेहरुको घरमा डोजर लगाईने

0

सीताराम ओझा, धनगढी फागुन १० गते ।

मोहनापुल अत्तरीया ६ लेन सडक निर्माणको वाटो खुलेसँगै शुक्रवारदेखि संरचना भत्काउन अटेरी गर्नेहरुको घरमा डोजर लगाईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधवार बसेको सरोकारवालाको वैठकले शुक्रवारसम्मको समय दिएर संरचना भत्काउने अटेरी गर्नेको घरमा डोजर लगाउने निर्णय गरेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, आयोजना प्रमुख मनिषकुमार शाह, धनगढी उपमहानगरपालिका मेयर नृप ओड, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे लगायतका सुरक्षा अधिकारी सम्मीलित वैठकले संरचना भत्काउने समय दिएको हो । बिहीवार दिनभर संरचना भत्काउन माईकिङ गर्दै सुचना जारी गर्ने निर्णय भएको छ । सुचनाको अवज्ञा गरेमा शुक्रवार देखि डोजर लगाएर संरचना भत्काउने काम सुरु हुने ६ लेन सडक आयोजनाका प्रमुख मनिषकुमार शाहले जानकारी दिनुभयो ।

यसअघि १३ जना घरधनीहरुले सर्वोच्चमा रिट हालेका कारण डेढ महिनादेखि संरचना भत्काउने काम रोकिएको थियो । तर सर्वोच्च अदालतले संरचना भत्काउने काम सुरु गर्न आदेश दिएपछि दुई दिनको समय सीमा दिएर संरचना भत्काउन आयोजना कार्यालय तातिएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved