This is a test

संयुक्त सीमा सर्भे टोलीद्वारा कञ्चनपुरसँग सीमाना जोडिएको क्षेत्रमा रेकी सुरु

0

धनगढी, पुस १९ गते ।

सरकारले हालै गठन गरि पठाएको सीमा सर्भे टोलीले कञ्चनपुरका सीमा स्तम्भहरुको पनि रेकीको काम सुरु गरेको छ । मंगलवार कञ्चनपुरका डोकेबजारबाट दुई देशको सीमा सर्भे टोलीले रेकीको काम सुरु गरेको हो । कैलालीको पिलर नम्बर ७०० देखि ब्रम्हदेबमा रहेको पिलर संख्या ८११ सम्मको मर्मत सम्भार र त्यसपछि बैतडी डडेल्धुरा र दार्चुलाको कालापानी सम्मकै सीमा पिलरहरुको मर्मत सम्भारका लागि नापी विभागले प्रमुख नापि अधिकृत शुदर्शन सिह धामीको नेतृत्वमा टोली गठन गरि यस क्षेत्रमा खटाएको हो । कैलालीको लालबोजी, कञ्चनपुरको पुर्नवास, दार्चुलाको कालापानी लगायत क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहदै आएको छ । कञ्चनपुरको पुर्नवासमा सीमा विवादकै कारण गत फागुन महिनामा भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएको थियो भने दार्चुलाको कालापानीमा लामो समयदेखि विवादको टुंगो लाग्न सकेको छैन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved