This is a test

शुक्लाफाँटामा पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धी

0

कञ्चनपुर, ०६ कात्तिक ।

राष्ट्रिय निकुञ्ज घोषणा भएको वर्ष दिन नबित्दै कञ्चनपुरको शुक्लाफाँटामा तेस्रो मुलुकका साथै आन्तरिक पर्यटकहरु बढ्न थालेका छन । शुक्लाफाँटा छेउमै शुक्लाफाँटा जंगल कटेज सञ्चालनमा ल्याउनु भएका पर्यटन ब्यवसायी पर्मानन्द भण्डारीले अहिले पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धी भएको बताउनुभयो ।

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पनि गतवर्ष अथवा सन २०१६ को तुलनामा यसवर्ष सीतम्बर सम्म ४ सय ७१ जना बढी तेस्रो मुलुकका पर्यटक त्यस नाकाबाट नेपाल प्रवेश गरेका छन । गतवर्षको सीतम्बर सम्म १५ सय २६ जना गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेकोमा यसवर्षको सीतम्बर सम्म १९९७ जना नेपाल आईसकेका अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त प्रमुख पदमराज भट्टले जानकारी दिनुभयो ।

शुक्लाफाँटालाई बन्य जन्तु आरक्षबाट राष्ट्रिय निकुञ्ज बनाउनु, निकुञ्ज नजिकै थारु होमस्टे सञ्चालनमा आउनु र अहिले भारतका विभिन्न शहरहरुले पनि शुक्लाफाँटालाई आफ्नो प्याकेजमा समावेश गरेकाले पनि पर्यटकहरुको संख्यामा बृद्धी भएको हो । शुक्लाफाँटाका लागि माघ देखि बैशाख अथवा अंग्रेजी महिनाको फरवरी देखि अप्रेल सम्मको समय उत्तम मानिएको छ । विश्वमै सबैभन्दा ठुलो बाह्रसिंगाको झुण्ड नै शुक्लाफाँटाको प्रमुख आकर्षण हो ।
शुक्लाफाँटा बन्यजन्तु आरक्ष सम्बन्धमा सहकर्मी शिबराज भट्टले तयार पारेको साप्ताहिक स्तम्भ सुन्दरपश्चिम
अडियो सुन्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved