This is a test

शिर्ष नेताहरु को कहाँ बाट मतदान गर्दै

0

नवराज पनेरु, धनगढी मंसिर २१ गते । 

प्रधानमन्त्री देउवाले जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । तिन दिनदेखी गृह जिल्लामा व्यस्त रहनुभएका प्रधानमन्त्री देउवाले आफ्नो मतदान केन्द्रमा पहिलो मत खसाल्ने तयारी गरिरहनु भएको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ तर उहाँलाई उहाँकै पत्नी आरजु राणा देउवाले भने मत हाल्न पाउनु हुने छैन ।

आरजु देउवा कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट प्रतिनिधि सभा उमेदवार भएकाले उहाँ डडेल्धुरा नजाने नेपाली काँग्रेस कैलालीले जनाएको छ । पतीलाई मात्रै होईन आरजुले आफुलाई पनि मत हाल्न पाउनुहुनेछैन । एमाले उपाध्यक्ष भीम रावलले साँफेबगर नगरपालिका वडा नम्बर ९ भागेश्वर स्थित चन्द्रोदय प्रावि रिठागाउँ मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।

यस्तै पूर्व सूचना तथा संचार राज्यमन्त्री गोबिन्द बहादुर शाहले अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० रिडिकोटस्थित सरस्वती प्रावि केन्द्रबाट मतदान गर्नुहुनेछ । कञ्चनपुरमा ६ जना पूर्वमन्त्रीहरुले आम निर्वाचनमा मतदान गर्ने भएका छन् । नेपाली काँग्रेसका ३ र नेकपा एमालेका ३ जना पूर्व मन्त्रीहरुले निर्वाचनमा आ–आफ्नो मतदान केन्द्रमा मतदान गर्ने तयारी गर्नुभएको छ ।

काँग्रेस नेता एंव पूर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र पूर्व सभामुख एंव पूर्वमन्त्री एमाले नेता भोजराज जोशीले नगरपालिका ८ मा रहेको वैजनाथ उमावि गयलनदी मतदान केन्द्रमा पुगेर मतदान गर्ने कार्यक्रम रहेको छ भने पूर्वमन्त्री तारणीदत्त चटौतले भीमदत्त नगरपालिका अन्र्तगत वडा नम्बर ४ मा रहेको भृकुटी उमाविको मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ । एमालेकै नेता एंव पूर्व सहायक मन्त्री लालबहादुर विश्वकर्माले पुनर्वास नगरपालिका ५ मा रहेको गौरी शंकर उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

एमालेबाटै पूर्वमन्त्री उर्वादत्त पन्तले भीमदत्त नगरपालिका वडा नम्बर ६ मा रहेको शान्ति विद्या निकेतन मावि, पूर्वमन्त्री एनपी साउँदले भीमदत्त नगरपालिका २ उल्टाखामको सरस्वती मावि उल्टाखाममा मतदान गर्ने कार्यक्रम रहेको छ । कैलालीमा रहेका ३ जना पुर्व मन्त्रीहरु पनि मतदानका लागी आ–आफ्नो गृह क्षेत्रमा पुग्नु भएको छ । पुर्व मन्त्री लेखराज भट्ट गोदावरी नगरपालीका वडा नम्वर १ मा रहेको घण्टेश्वर मावीमा, पुर्व कृर्षी मन्त्री गौरीसंकर चौधरी कैलारी गाउँपालीका वडा नम्वर २ बसौटी स्थीत स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट र पुर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले जोशीपुर गाउँपालीका वडा नम्वर ८ राष्ट्रीय मावी डहरबरीया मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको छ ।

यस्तै भौतीक पुर्वाधार तथा यातायात मन्त्री विर वहादुर बलायरले डोटीको शिखर नगरपालीकाको राधाकृष्ण माध्यमीक विद्यालय गोपघाटबाट मत हाल्ने तयारी गर्नुभएको छ । मौन अवधी सुरु हुन भन्दा पहिलेदेखी नै गृह क्षेत्रमा चुनावी नतिजा आफ्नो पोल्टामा पार्नका लागी सक्रिय शिर्ष नेताहरु बुधवार भने आ–आफ्नो वडामै पुगेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved