This is a test

शिक्षा मन्त्रालय द्धारा कैलाली बहुमुखी क्याम्पस पुरस्कृत

0

दीपक जोशी, धनगढी माघ २८ गते ।

नेपाल सरकारले धनगढीको कैलाली बहुमुखी क्याम्पसलाई देशभरीकै उत्कृष्ट क्याम्पसका रुपमा नगद पुरस्कार सहित प्रसंसा पत्र प्रदान गरेको छ ।

नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा देशभरिका सामुदायिक क्याम्पसहरु मध्ये कैलाली बहुमुखी क्याम्पसलाई उत्कृष्ट क्याम्पसको रुपमा नगद २ लाख ५० हजार रुपैया सहित प्रसंसापत्र दिएर पुरस्कीत गरेको हो ।

आईतवार काठमाडौमा आयोजित एक समारोहका बिच शिक्षामन्त्री गोपालमान श्रेष्ठले नगद २ लाख ५० हजार र प्रसंसापत्र कैलाली बहुमखी क्याम्पसका प्रमुख डा. पदम राज जोशीलाई प्रदान गर्नुभयो । शिक्षा मन्त्रालयले देशभरीका सरकारी, सामुदायीक र निजि क्याम्मपसहरु मध्ये एक÷एक क्याम्पसलाई पुरस्कृत गरेको हो।

गत भदौमा शिक्षा दिवसकै दिन उक्त पुरस्कार दिने निर्णय भएपनि केहि क्याम्पसमा विवाद आएका कारण आज मात्रै पुरस्कार बितरण भएको क्याम्पस प्रमुख जोशीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved