This is a test

शिक्षा कार्यालयले एक महिनापछि गर्यो सूचना सार्वजनिक

0

लोकेश साउद, बैतडी माघ २४ गते ।

एक महिना अघि देखि विद्यालयहरुलाई ब्लक वितरण गरेको निर्णय लुकाउँदै आएको जिल्ला शिक्षा कार्यालय बैतडीले बल्ल सार्बजनिक गरेको छ । सूचनाको हक सम्बन्धि ऐन २०६३ अनुसार लिखितै सूचना अधिकारी र त्यसपछि जिल्ला शिक्षा अधिकारीलाई निवेदन दिएपछि बल्ल सार्बजनिक गरेको हो ।

जनस्तरमा शिक्षक संगठनका नेताहरु, राजनीतिक दल तथा कर्मचारीहरुले मनोमानीपूर्ण तरिकाले ब्लक बितरण गरिएको गुनासो आएपछि, शिक्षा कार्यालयले भने उक्त निर्णय सार्बजनिक गर्न आनाकानी गरिरहेको थियो । शिक्षा कार्यालयले कहिले शिक्षा कार्यालयका इन्जिनियर गुनबहादुर मल्लले माईन्यूट झोलामा हालेर लगेको त कहिले निर्णय नै भएको छैन भनेर आलटाल गरिरहेको थियो ।

गत पुषमा वितरण गरिएका ब्लकहरु वितरणको निर्णय माग गर्दै जिल्लाका संचारकर्मीहरुले माघ ५ गते सूचना अधिकारी तथा माघ २२ गते जिल्ला शिक्षा अधिकारीलाई निवेदन दिएपछि बल्ल उक्त निर्णयको फोटोकपी उपलब्ध गराएको हो । शिक्षा कार्यालयले १२ बिद्यालयलाई चार कोठे भवन, २० विद्यालयलाई २ कोठे भवन २० विद्यालयाई छात्रा शौचालय र ६० विद्यालयको मर्मत कार्यक्रमबारे पुषमा भएको निर्णय हालसम्म गोप्य राखिएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved