शास्त्रीय संगितमा सुदुरपश्चिमबाट उदाएका पहिलो दाईभाईको जोडी

0

नवराज पनेरु, धनगढी २९ असोज ।

झण्डै २ दशक अगाडी सम्म सुदुरपश्चिमको कलाकारले आधुनीक गित गाउँछु भन्दा साङगीतीक क्षेत्रका धेरै हस्तीहरुले मजाकको विषय बनाउथे । सुदुरपश्चिममा उदाएका कलाकारहरुले देउडा गित बाहेक अन्य गितमा छाप छोड्न सक्दैनन भन्ने धेरैको मानसीकता थियो ।

सोही बेला २०५४ सालमा बैतडीबाट भारतको बाटो हुँदै आधुनीक गित रेकर्ड गराउनका लागी राजधानी पुगेको दाईभाईको एउटा साङगीतीक जोडीलाई पनि धेरैले सुदुरपश्चिमको कलाकारले पनि आधुनीक गित गाउन सक्छ र ? भनेर हाँसोको विषय बनाए । तर साधना, चिन्तन र अनुशासनका त्रिवेणी सङ्गीतकार तथा गायक तिलकसिह पेला र उहाँका दाई गितकार कृष्ण सिह पेलाले भने सुदुरपश्चिमको कलाकारले आधुनीक गित गाउन सक्दैनन भन्ने मानसीकता तोड्ने प्रण लिईसक्नुभएको थियो ।

नेपाली आधुनीक संगितमा निकै चल्तीको गितको सुचिमा पर्छ यो गित पनि । यहि गितका श्र्रष्टा हुन गायक तथा संगितकार तिलकसिह पेला र उहाँकै सहोदर दाई गितकार कृष्ण सिह पेला । २०५४ सालमा निकालीएको आसु एल्वममा समेटीयो यो गितसंगै अन्ग्य गितले पनि नेपाली आधुनीक संगितमा तरंग ल्याएको थियो ।

बैतडी जिल्लाको दशरथचन्द नगरपालिका, वडा नं. ६ मा जन्मीनुभएका पेला दाजुभाईको नाम त्यतिबेला नै सुदुरपश्चिमबाट आधुनीक एल्वम निकाल्ने पहिलो कलाकारको सुचिमा प¥यो । काठमाडौँमा सङ्गीत विधामा ‘सङ्गीत प्रवीण’ तह र भारतको इलाहावाद स्थित प्रयाग सङ्गीत महाविद्यालयबाट सङ्गीतमा ‘आचार्य’को उपाधि प्राप्त गर्नुभएका गायक तथा संगितकार तिलकसिह पेलालाई साङगीतीक क्षेत्रमा लाग्ने जागर र जोस भने जन्मथलो बैतडीमा हुने रामलिलाबाट प्राप्त भएको हो ।

गाउँघरमा आउने हुने रामलिलाले गायक तथा संगितकार तिलक सिह पेलालाई शास्त्रीय संगितमा रुची बढायो भने उहाँका दाजु कृष्ण सिह पेलालाई शास्त्रीय संगितका मार्मीक शव्द लेख्ने जागर दियो । सरल जीवनशैली, मिठासपूर्ण व्यवहार अनि निरन्तर साधनााका त्रिवेणी पेला दाजुभाईले आफ्नो साङ्गीतिक जीवनको औपचारिक सुरआत ‘आँसु (भाग– १)’ नामक एल्बमबाट २०५४ सालमा गर्नुभएको हो ।

पछि ‘आँसु’को दोस्रो भाग पनि सार्वजनिक गर्नुभयो भने आफ्नो जन्मभूमिप्रति समर्पित गरेर ‘विछोडको आँसु’ नामक सङ्गीत एल्बम मातृभाषामै सार्वजनिक गर्नुभएको छ । भगवानले पारीवारीक सम्वन्ध बनाएर धर्तीमा जन्म दियो, त्यसलाई साङगीतीक यात्रामा पनि संगै लैजाने निधो गरे पेला दाजुभाईले ।

दाई कृष्णले लेखेका मार्मीक शब्दलाई संगित दिदै आफ्नै सुमधुर स्वरमा श्रोता समक्ष पस्कने काम तिलकले गर्दै आउनुभयो । भनिन्छ, जीवन नै सबैभन्दा उत्तम पाठशाला हो । सायद यही सत्यताले गर्दा होला, सङ्गीतका क्षेत्रमा काम गर्दागर्दै शास्त्रीय सङ्गीतको औपचारिक तथा गहन रूपमा सैद्धान्तिक र व्यावहारिक ज्ञान आवश्यक रहेको महसुस गर्नुभएका तिलक सिह पेलाले डेढ दशक अगाडीदेखी काठमाडौमा सङ्गीत साधनामा तल्लिन रहनुभएको छ ।

सङ्गीत–नक्षत्र तिलकसिह पेला, काठमाडौँमा ‘श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला’ स्थापना गरी सङ्गीत शिक्षाको ज्योति छरिरहनुभएको छ भने गितकार कृष्णसिह पेला अहिले धनगढीमै जागीर गरीरहनुभएको छ । जस्ले गर्दा लामो समयदेखी पेला दाजुभाईले श्रोतालाई नयाँ गित दिन नसके पनि थुप्रै शास्त्रीय संगितका भविष्य बनाउने काम भने संगित पाठशाला मार्फत गरीरहनुभएको छ ।

आफ्नो तीन वडा एल्वमसंगै प्रख्यात गजलकार तथा गीतकारहरूका थुपै्र गीत–गजलमा सङ्गीत दिइसक्नु भएका पेलाको, भविष्यमा अझै उत्कृष्ट शास्त्रीय सङ्गीत एल्बम तथा सुदूरपश्चिमेली लोक संस्कृतिका एल्बम श्रोतामाझ ल्याउने योजना रहेको छ ।
स्रष्टा र सृजना सुन्न यसमा क्लिक गर्नुहोस

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved