This is a test

शहरी विकास तथा भवन डिभिजन कार्यालयमा भेटिदैनन् कर्मचारी

0

दिपक जोशी, धनगढी पुस २६ गते ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढी अन्तर्गत सघन सहरी विकास आयोजनाका कर्मचारीहरु कार्यालयमा नभेटिदा सेवाग्राहीहरु मर्कामा परेका छन । कार्यालयका सबै कर्सुी र कोठाहरु खाली गरेर उनिहरु आफुखुसी गायव हुने गरेका छन । एक जना कर्मचारीहरु पनि कार्यालयमा नभेटिने गरेपछि बिभिन्न कामका लागि आएका सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन ।

कार्यकारी प्रमुख सहित १७ जना कर्मचारी सघन सहरी विकास आयोजनाका लागि कार्यरत रहेपनि मंगलवार दिउसो एक जना कर्मचारी पनि कार्यालयमा भेटिएन्न । कर्मचारीहरु नभेटिएपछि बिभिन्न कामका लागि आउने सेवाग्राहीहरु कार्यालयको तल र माथी रुमल्लीरहेका थिए । आफ्नो टोलमा बन्न लागेको सडक संरचनाबारे बुझ्न आउनुभएका वडा नम्बर २ का स्थानीय केशव प्रसाद जोशीले कार्यालयमा कर्मचारी नहुदा आफ्नो टोलमा बन्न लागेको सडक संरचनाबारे बुझ्न नपाएको बताउनुभायो ।

सघन सहरी विकास आयोजनाले अहिले आफुले गरिरहेका सडक संरचनाका बारेमा स्थानियलाई थाहा नदिएपछि उनिहरु आफै कार्यालयमा आएर बुझ्ने गरेका छन । तर कार्यालयमा पनि कोहि नभेटिने गरेपछि उनीहरु त्यत्तीकै फर्किने गरेका छन ।

आफ्नो वडाका वासिन्दाको गुनासा सुनाउन लगातार कार्यालयमा आएपनि कोहि नभेटिने गरेको वडा नम्बर २ का वडाअध्यक्ष बलबहादुर ऐरले बताउनुभयो । सघन सहरी विकास आयोजनाका लागि हाल कार्यकारी प्रमुख सहित ६ जना स्थाई ईन्जीनियर र अरु ६ जना करारमा राखिएका ईन्जीनियर सहित अन्य गरी १७ जना कर्मचारी कार्यरत छन ।

बिभिन्न टोलका वासिन्दाले गुनासो गरेपछि मंगलवार दिउसो दिनेश एफएमको टोली पनि सघन सहरी विकासको कार्यालयमा पुगेको थियो । त्यहाँ पुग्दा सघन सहरीका एक जना कर्मचारी पनि भेटिएनन । कर्मचारीको हाजिरी रजिष्टर हेरेको खवर पाई आधा घण्टापछि मात्र ईन्जीनियर सालीग्राम प्रसाद उपाध्यया कार्यालयमा पुग्नुभएको थियो । अरवौंका योजना कार्यान्वयन गरीरहेको शहरी विकास कार्यालयले, कार्यालयमा आउने सेवाग्राहीको काम र सुचना माग्नेका लागि पनि कर्मचारी राख्ने गरेको छैन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved