This is a test

शहरी विकासको खर्च प्रगती सुस्त, साढे ६ महिनामा ११ करोड मात्रै खर्च

0

तस्वीर कान्तीपुर बाट लिईएको हो ।

नवराज पनेरु, धनगढी पुस ०९ गते ।

चालु आर्थिक वर्षमा झण्डै डेढ अर्व विकास बजेट चलाउने अख्तियारी पाएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले आर्थिक वर्षको साढे ६ महिनासम्म ११ करोड मात्रै खर्च गरेको छ । यो रकम जिल्लाको विकास बजेटको एक तिहाई रकम हो । कार्यालयको खर्चको प्रगती आर्थीक निकै सुस्त देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय जनाएको छ । सरकारले विकास खर्चमा देखिएको समस्या समाधानका लागि संविधानमै लेखेर बजेट हरेक वर्षको जेठ १५ गते भीत्रै ल्याउने बाध्यकारी ब्यवस्था गरेको छ । तर सहरी विकास तथा भवन डिभिजन कार्यालय धनगढीलाई, त्यो कागलाई बेलपाक्यो हर्स न विस्मात झैं भएको छ ।

१ अर्व ३३ करोड विकास बजेटको अख्तीयारी आएकोमा आर्थीक बर्षको साढे ५ महिना र बजेट आएको साढे ६ महिना वितीसक्दा समेत सहरी विकासले साढे ८ प्रतिशत अर्थात ११ करोड रकम मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डेयले बताउनुभयो । बर्षाैदेखी चर्चामा रहेका र सहरी विकासले कार्यान्वयन गर्नुपर्ने ठुला योजनाहरुको अहिले सम्म पनि निर्माण अघिका प्रक्रिया नै सकिएका छैनन् । धनगढीको फुलवारीमा निर्माण गरीने भनिएको कोल्ड स्टोरको अहिले सम्म बोलपत्र आह्वान सम्म भएको छैन भने धनगढीको वडा नम्बर ८ मा निर्माण गरीने भनिएको सिटी हलको पनि निर्माण अधिको प्रक्रिया अलपत्र छ ।

सिटी हलका लागी सर्भे डिजायन तयार पार्न परामर्शदाता नियुक्त गरी कार्तीक सम्मको समय दिईएकोमा पौष पहिलो पहिलो हप्ता सम्म परामर्शदाताले आफ्नो जिम्मेवारीको काम नै सम्पन्न गरेको छैन् । दुई वर्ष अघि तराईका जिल्ला सदरमुकामको पुर्वाधार विकास गर्ने उद्देश्यका साथ केपी ओली प्रधानमन्त्री भएका बेला विनियोजन भएको बजेट त्यसपछि पुष्पकमल दाहाल र शेरबहादुर देउवाको कार्यकाल सकिन लाग्दा पनि, त्यसको निर्माण सुरु भएको छैन ।

२०७३ सालको भदौंमै ‘सघन शहरी विकास आयोजन’ नाम दिईएको उक्त योजनाका लागि ५० करोडको अख्तियारी आएको थियो । तर डिजाईन स्टीमेट गर्नमै ढिलाई भएका कारण त्यो रकम खर्च हुन सको छैन । अझ सहरी विकासले नै कार्यान्वयन गर्ने अर्को ठुलो आयोजना क्षेत्रीय सहरी विकासको पनि बल्ल आएर सर्भे सकिएको छ । अझै तीन महिना डिजाईन गर्नमै समय लाग्ने भएकाले यो आर्थीक बर्षमा त्यसको पनि टेण्डर हुनेमा आसंका उब्जिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीका डिभीजन प्रमुख रविन्द्र बोहरा भने बजेट धेरै भएको र त्यसका लागि प्राविधिक जनशक्ति नहुदा समस्या भएको बताउनुहुन्छ । विगतमा सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीले बार्षीक २० देखी ३० करोड बजेट चलाउदै आएको थियो । तर एकाएक बजेट धेरै भएको र त्यसका लागि प्राविधिक जनशक्ति नहुनु समस्याका रुपमा देखिएको छ ।

२०÷३० करोड विकास बजेट खर्च गर्ने जिम्मा पाउँदा त खर्च गर्न नसकेर फ्रिज हुने कार्यालयमा यसरी एकै पटक अरवौं रकम आउनुले उनीहरुलाई थेगी नसक्नु भएको छ । अहिले, प्राविधिक कर्मचारी छैनन, बजेट धेरै भयो भन्ने निकायले अरवौंका योजना आउदा नै सम्बन्धीत विभाग र मन्त्रालयमा कर्मचारी पनि माग गर्नुपर्ने हो तर ६ महिनासम्म प्राविधिक कर्मचारी आएर काम सुरु हुने बेलामा कार्यालय प्रमुख बोहरा कर्मचारी नै छैनन भनेर पन्छिन खोजनुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved