This is a test

निराश र हतासका बिच उत्साहीत महिला क्रिकेटर

0

नवराज पनेरु, धनगढी फागुन १० गते ।

घरेलु क्रिकेट प्रतियोगीता खेल्न नपाँउदा महिला क्रिकेटरहरुमा निकै निराशा छाएको छ । कुनै बेला पुरुष भन्दा नेपालको महिला क्रिकेटले बढि प्रगती हासील गरेको थियो, तर पछिल्लो केहि बर्ष यता भएको शून्यतामा निराश र हतास भएका क्रिकेटरहरु महिला क्रिकेट कस्ले बिताउला भनेर आशा गरेर बसेका छन् । धनगढीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीता खेल्न पाउँदा उनिहरु उत्साहीत भएपनि फेरी एक बर्ष सम्म क्रिकेट प्रतियोगीता खेल्न पाउनेमा भने उनिहरु संसकीत छन् ।

आफ्नो जीवनको दशक बढि समय क्रिकेटको क्षेत्रमा बिताईसक्नु भएकी नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री, महिला क्रिकेटमा पछिल्लो केहि बर्ष यताको शुन्यताले कुन पाप गरेर क्रिकेटमा लागेछु भन्ने चिन्ता लागेको बताउनुहुन्छ । घरेलु प्रतियोगीता नखेलेरै बर्षौपछि थाईल्याण्डमा एसिया क्षेत्रको महिला ट्वान्टी–२० विश्वकप छनौट खेल्ने मौका पाएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो ।

महिला क्रिकेटरहरुलाई घरेलु प्रतियोगीता समेत नभएपछि घर परिवारको सहयोग पनि पाउन मुस्कील भईरहेको छ । नयाँ खेलाडी पनि नआउने र पुराना खेलाडीलाई पनि नियमीत अभ्यासको व्यवस्था नहुँदा आक्कलझुक्कल आयोजना हुने महिला क्रिकेट प्रतियोगीतामा प्रदर्शन निकै निराशाजनक हुने मध्यपश्चिामञ्चल विकास क्षेत्रकी खेलाडी लक्ष्मी दनवईयाले बताउनुभयो ।

कुनै टिमलाई त आक्लझुक्ल आयोजना हुने प्रतियोगीताका लागी टिम बनाउनै मुस्कल समेत पर्ने गरेको छ । राष्ट्रीय र अन्तराष्ट्रीय प्रतियोगीतामा सहभागीता जनाउन नसक्दा अहिले राष्ट्रीय खेलाडी नै तितरवितर भईसकेका छन् । राष्ट्रीय प्रतियोगीता तिन बर्षदेखी बर्षको एक पटक भईरहेपनि जिल्ला, क्षेत्र र राष्ट्रीय स्तरका महिला क्रिकेट प्रतियोगीता आयोजना नहुँदा क्रिकेटर बन्ने सपना बुनेकाहरु निकै निराश भएका छन् ।

तर धनगढीले अहिले सम्मकै सर्वाधीक राशीको महिला क्रिकेट प्रतियोगीता गरेपछि भने केहि आशाका किरणहरु देखीएको पश्चिमाञ्चल विकास क्षेत्रकी कप्तान बर्षा रानाले बताउनुभयो । प्रतियोगीता नहुँदा हतास र निराश भएका महिला क्रिकेटरहरुलाई क्रिकेटको क्षेत्र भनेर पहिचान बनाएको सुदुरपीश्चमले फेरी एउटा क्रिकेटमै भविष्य खोज्ने अवसर भने जुराई दिएको छ ।

भिडियो:-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved