व्यवसायीक तर्फ लम्कीदै सुदुरपश्चिमको साहीत्य

0

नवराज पनेरु, धनगढी ४ भदौ ।

देशमा आर्थिक सम्बृद्धिका मुद्धाहरुमा बहस हुनपर्ने आवाज उठिरहँदा सुदुरपश्चिमका साहित्यकार र सर्जकहरु माझ पनि यस मुद्धाले प्रवेश पाएको छनक देखिन थालेको छ । पहिले–पहिले कोठाभित्र सिमित व्यक्तीहरुका बिच सुनिने र सुनाइने साहित्य अहिले विस्तारित भएको छ भने साहीत्य पनि व्यवसायीक तर्फ लम्कीरहेको संकेत देखीन थालेको छ । विगतमा साहित्यलाई सित्तैमा सुन्ने र पढ्ने कुरा हो भन्ने धारणा बदलीएर अहिले साहीत्य पनि पैशा तिरेर सुन्ने र पढ्ने परिपाटीको विकास हुन थालेको छ ।

गत बर्ष कार्तीकमा सुदुरपश्चिमको प्रमुख सहर धनगढीमा टिकटमा सृजनाहरु सुनाउने कार्यक्रमको सुरुवात भयो, एकल साहित्य साझ कार्यक्रम मार्फत । त्यसअघि गायक गायीकाहरुका लागी धनगढी, महेन्द्रनगरमा एकल साझ राखीएपनि साहीत्यकारहरुकै लागी भने खासै आयोजना गरीएको थिएन् । उक्त कार्यक्रमको आयोजना अघि धेरैले श्रृजनाहरु पनि पैशा तिरेर सुन्छन भन्ने जिज्ञासा राखेका थिए ।

टिकट काटेर साहित्यीक कार्यक्रममा सहभागी हुने प्रचलन नभएका बेला जनक रसिकको पहिलो साहीत्य साझमा डेढ सय र डिल्लीराज ओझाको दोश्रो एकल साझमा २ सय बढिले टिकट काटेर धनगढीको साहीत्यलाई व्यवसायीक तर्फ लैजाने माहोल बनाए । साहीत्यले व्यवसायीक बाटो रोजीरहँदा सुदुरपश्चिममा पनि ठुलो सहभागिताका बिच साहित्यिक कार्यक्रमहरु हुन थालेका छन् । त्यसमा पनि यस क्षेत्रका प्रमुख सहरहरुमा सहभागिहरुबाट केहि शुल्क लिएर सृजनाहरु सुनाउने क्रम सुरु भएपछि यस क्षेत्रको साहीत्यले पनि व्यवसायीकता खोजीरहेको छनक दिएको छ ।

पैशा तिरेर साहीत्य सुन्ने मात्रै होईन पछिल्लो समय साहीत्यीक पुस्तकहरु किनेर पढ्ने पाठकहरु पनि बढिरहेका छन् । लेखकहरु अब सृजना गरेरै पनि बाच्न सक्छन् भन्ने कुराको संकेत साहीत्यीक पुस्तकहरुको बढ्दो विक्रीले देखाएको एैना कथा संग्रह प्रकाशनको एक बर्षमै रजत सस्करण निकालीसक्नुभएका साहीत्यकार रामलाल जोशीले बताउनुभयो । कुनै साहीत्यकारले लेखेको गित गाउने गायक र गायिकाले गित सुनाउँदा हजारौको टिकट काट्न पनि अग्रसर हुने तर सयौँ कविता र गितहरु लेखेका तिनै साहीत्यकारले सित्तैमा किवता र गित सुनाउनुपर्ने अवस्थाको अन्त्य नभएसम्म साहीत्यकार र साहीत्यको विकास अपेक्षीत रुपम हुन सम्भव छैन् ।

सशुल्क साहीत्यका लागी सुदुरपश्चिममा केहि प्रयासहरु भएपनि त्यसलाई पर्याप्त भन्न सकिदैन । तरपनि शुक्ल तिरेर साहीत्य पढ्न र सुन्न पर्छ भन्ने मानसिकताको विकास भईरहेको कर्णाली ब्लुज र फिरफिरेका लेखक साहीत्यकार बुद्धीसागरले बताउनुभयो । साहीत्यीक पुस्तकहरु किनेरै पढ्ने बानीको विकास भईरहेपनि टिकट काटेर साहीत्य सुन्नका लागी त्यस्ता कार्यक्रमहरु नियमीत रुपमा भईरहेका छैनन् । लेखकहरु लेखेरै बाँच्ने अवस्था सृजना गर्ने हो भने सशुल्क साहीत्यीक कार्यक्रमहरु भइरहनुपर्ने र पाठकहरुको मानसीकता पनि फेरीनुपर्ने सुदुरपश्चिमाञ्चल साहीत्य समाजका अध्यक्ष समेत रहनुभएका साहीत्यकार रामलाल जोशीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved