This is a test

व्यवसायिक तरकारी खेती बाट बार्षीक ४ लाख सम्म आम्दानी

0

डीबी विष्ट, बझाङ ७ साउन ।

परम्परागत खेतीपाती गर्ने तौर तरिकाले जिविकोपार्जन नहुने भएपछि बझाङका कृषकहरु व्यावसायिक तरकारी खेती तर्फ आर्कषण बन्न थालेका छन् । जयपृथ्वी नगरपालीका वडा नं. ३ पुगरलेख घर भएका किसान रमेश बहादुर ओली अहिले सदरमुकाम चैनपुर नजिकै डुङग्रीमा जमिन भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । १२ रोपनी जमिनको बार्षिक २ लाख भाडा दिने सम्झौता गरेर ओलीले व्यवसायिक तरकारी सुरु गर्नुभएको हो ।

आफु तरकारी व्यवसायलाई जिल्लाकै नमुना बनाउने उद्देश्यले यो पेशामा लागेको ओलीको भनाई छ । अहिले बर्षीक झण्डै ४÷५ लाख सम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । तरकारी खेती गरि रहेका किसानहरु लाई कृषि विकास कार्यालय वाट थप आर्थिक तथा प्राविधिक सहयोग हुन थाले पछि ३० जना भन्दा बढी किसानहरु परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेतीमा लागेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved