वेहडावावा कप : पहिलो चरणका खेलहरु सम्पन्न

0

धनगढी, २५ असोज ।

धनगढीको वेहडावावामा जारी वेहडावावा कप फुटवल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । मंगलवार तिन वटा खेल भएसंगै पहिलो चरणको खेलहरु सम्पन्न भएका हुन् । दोश्रो चरणमा १४ वटा टिमहरु प्रवेश गरेका छन् । यस्तै मंगलवार भएको पहिलो खेलमा फुलवारी युवा क्लव लिक्माले उपदेश युवा क्लव धनगढीलाई १–० ले पराजीत गरेको छ । आजै भएको दोश्रो खेलमा बेहडावाव युवा क्लव ए ले मनकामना युवा क्लव जुगेडलाई सुडन डेथमा १–० ले पराजीत गरेको छ । निर्धारीत समयमा खेल १–१ को बराबरीमा सम्पन्न भएको थियो, त्यसपछि भएको ट्राई ब्रेकरमा पनि दुवै टिमले बराबरी खेलेका थिए । तेश्रो खेलमा जनजाग्रीती युवा क्लव कनरीले सिद्धार्थ युवा क्लव खुरखुरीयालाई ३–० ले पाखा लगाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved