This is a test

वेहडावावा कप : नेपाल प्रहरीका दुई टीम र एवन युवा क्लव विजयी

0

सीताराम ओझा, धनगढी २२ असोज ।

धनगढी उपमहानगरपालिको वेहडावावामा जारी वेहडावावा कप फुटवल प्रतियोगितामा शनिवार तीन वटा खेल सम्पन्न भएका छन । शनिवार भएका खेलमा नेपाल प्रहरीका दुई टीम र एवन युवा क्लव विजयी भएका छन । वेहडावावा युवा क्लवकोे आयोजनामा भईरहेको प्रतियोगिताको भएको पहिलो खेलमा नेपाल प्रहरी वी ले सुर्य चन्द्र युवा क्लवलाई ३–१ ले हराएको छ । दोस्रो खेलमा नेपाल प्रहरीको ए टीमले रामजानकी युवा क्लवलाई २–१ ले किनारा लगायो । शनिवार नै भएको तेस्रो खेलमा एवन युवा क्लव आयोजक वेहडावावा युवा क्लव सीलाई १–० ले हराउँदै अर्को चरणमा पुगेको छ । असोज ३० गतेसम्म सञ्चालन हुन प्रतियोगिता अन्तर्गत भोली पनि तीन वटा खेल हुनेछन । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पुरस्कार दिईनेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved