This is a test

वेहडावावामा फुटवल प्रतियोगिता सुरु

0

सीताराम ओझा, धनगढी २१ असोज ।

धनगढी उपमहानगरपालिको वेहडावावामा शुक्रवारदेखि वेहडावावा कप फुटवल प्रतियोगिता सुरु भएको छ । वेहडावावा युवा क्लवकोे आयोजनामा सुरु भएको प्रतियोगिता असोज ३० गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन खेलमा आयोजकको वी टीम विजयी भएको छ । आयोजकले खुरखुरीया युवा क्लवलाई २–१ ले हराएको हो । प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेलमा नेपाल प्रहरी वी र चन्द्र सुर्य युवा क्लव तथा दोस्रो खेलमा नेपाल प्रहरी ए र सुर्मी क्लव वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । २५ वटा टीमको सहभागीता रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पुरस्कार दिईनेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved