This is a test

विशेषज्ञ सेवा नपाउँदा धनगढीमा हृदयघातबाट थप दुईजनाको मृत्यु

0

नवराज पनेरु, धनगढी पुस २१ गते ।

झण्डै २८ लाख जनसङख्या रहेको प्रदेश नम्वर ७ मा, दुईवर्ष देखि भएकै दरबन्दीमा पनि मुटुरोग विषेशज्ञ नआउदा मुटुरोगीहरुको दिनैपिच्छे ज्यान जाने गरेको छ । पछिल्लो एक महिनामा कैलाली र कञ्चनपुरका पाँचजनाको मृत्यु भईसकेकोमा बुधबार मात्रै हृदयघातका कारण धनगढीका थप दुई जना ब्यवसायीको ज्यान गएको छ । भादा होमस्टेमा जुत्ता चप्पलको स्टल गरिरहेका ब्यवसायी धनगढीका भिम मगराती र खाद्य उद्योगी राकेश गुप्ताको बुधबार हृदयघातका कारण ज्यान गएको हो ।

सेती अञ्चल अस्पतालमा दुई वर्ष अघि मन्त्रालयले नै स्वीकृत गरेको एकजना मुटुरोग विशेषज्ञको दरबन्दीमा अहिले सम्म डाक्टर नपठाउदा मुटुरोगका कारण ज्यान गुमाउनेको संख्या बढीरहेको हो । योसँगै पछिल्लो डेढ महिना यता कैलाली र कञ्चनपुरमा मात्रै ७ जनाको हृदयघातका कारण मुत्यु भईसकेको छ । जाडो मौसममा हृदयघातको समस्या बढि हुने गरेको छ । तर प्रदेश नम्वर ७ भरी एक जना पनि मुटु रोग विशेषज्ञ डाक्टरको उपलव्धता नभएपछि विरामीहरु बिशेषज्ञ डाक्टर खोज्दा खोज्दै ज्यान गुमाउन बाध्य भएका छन् ।

स्वास्थ्य मन्त्रालयले सुदुरपश्चिममा मुटुरोग चिकीत्सक नपठाउनुका २ वटा कारण बताएको छ । पहिलो कारण देशभरी नै मुटुरोग विशेषज्ञ डाक्टरको अभाव र अर्को सुदुरपश्चिममा चिकीत्सकले नै आउनु नमान्नु । स्वास्थ्य मन्त्रालयको जनशक्ति व्यवस्थापन हेरीरहनुभएका उप सचिव बाबुराम खनालले पनि सुदुरपश्चिममा मुटुरोग चिकीत्सक नआउनु देशभरी नै मुटुरोग विशेषज्ञ डाक्टरको अभाव र सुदुरपश्चिममा चिकीत्सकले नै आउनु नमान्नु प्रमुख कारण रहेको बताउनुभयो । सरकारले सुदूरपश्चिममा डाक्टर आउन किन मान्दैनन ? र मुटुरोगको जनशक्ति किन कम भईरहेको छ ? त्यसको अध्ययन गरेर समस्या समाधानको उपाय खोज्ने हो ।

मन्त्रालयले सुदुरपश्चिममा चिकीत्सकले नै आउनु नमान्नु प्रमुख कारण रहेको अभिब्यत्तिले २८ लाख जनसङख्या रहेको प्रदेश नम्वर ७ का ठुला नेता र स्वास्थ्य मन्त्रालय उदासिन भएको पुष्टि हुन्छ । तर अस्पताल विकास समितिकी अध्यक्ष रिता भण्डारी बम भने मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी जसरी पनि पुर्ती गर्ने दाबी गर्नुहुन्छ । मुटुरोग विशेषज्ञ एकजना चिकीत्सक मात्रै भएपनि यस क्षेत्रमा चिकीत्सक खोज्दा खोज्दै विरामीले ज्यान गुमाउन पर्ने बाध्यता कम हुने थियो । होईन भने जाडो बढ्दै जाँदा हृदयघात हुने र ज्यान गुमाउनेको सङख्या पनि बढ्दै जाने देखीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved