This is a test

विवेकशील साझा मुलुकको शसक्त प्रतिपक्ष : संयोजक हमाल

0

धनगढी, मसिंर ०४ गते ।

विवेकशील साझा पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमालले मुलुक बनाउनका लागि शसक्त प्रतिपक्षको आवश्यकता भएकाले आफुहरु चुनावमा आएको बताउनु भएको छ । विवेकशील साझा पार्टीले आईतवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक हमालले लोकतन्त्रको विकासका लागि शसक्त प्रतिपक्षको आवश्यकता पर्ने भएपनि नेपालमा लोकतन्त्रका नाममा सबै दलहरुले लुटतन्त्र मच्चाएको आरोप लगाउनुभयो ।

उहाँले, चुडामणी शर्मा र गोपाल खड्काको विरोधमा विपक्ष पनि नबोलेकाले नेपालमा शसक्त प्रतिपक्षको आवश्यकता रहेको बताउनुभयो । नीजि क्षेत्रको तर्फबाट गरिएको प्रदेश नम्बर ७ को समृद्धीको अभियानले अभावको सुदूरपश्चिमलाई सम्भावनाको सुन्दरपश्चिम बनाउन सकेपनि नेताहरुले विकास नगरिदिएका कारण प्रदेश नम्बर ७ पछाडी परेको बताउनुभयो । नेताहरुले विकास गर्ने र नीजि क्षेत्रले पैरवी मात्रै गर्ने भनठानेकै कारण विगतका दशकहरु त्यत्तीकै वितेको स्मरण गराउदै उहाँले अब आफै विकासका लागि उत्रीनु पर्ने देखिएकाले पेशाकर्मीहरु पनि राजनीतिमा आएको बताउनुभयो ।

विवेकशील साझा पार्टीका कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उमेदवार दिनेशराज भण्डारीले अब नेताहरुलाई दोष दिनु भन्दा पनि जनताले परक अवस्थाका लागि फरक परिणाम दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदेश सभा क बाट उमेदवार नारायण चौधरीले पनि थारु मतदातालाई अब देश बनाउन र शसक्त प्रतिपक्ष बन्नका लागि आग्रह गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved