This is a test

विवेकशील साझा पार्टी ७ नम्बर प्रदेश द्धारा सडकको चौडाई घटाउने कार्यको विरोध

0

सिताराम ओझा, पुस २७ गते ।

स्थानीय जनप्रतिनिधि र दलहरुले मौनता साँधिरहेका बेला विवेकशील साझा पार्टी प्रदेश नम्बर ७ ले भने मोहना अत्तरिया ६ लेन सडकको चौडाई घटाउने कार्यको विरोध गरेको छ । प्रदेश संयोजक गोपाल हमालले बुधवार विज्ञप्ती जारी गर्दै ६ लेन सडकको चौडाई घटाएर निर्माण गर्ने सम्बन्धमा स्थानीय निकाय, भौतिक योजना तथा यातायात मन्त्रालय, सडक विभाग र सडक निर्माणमा अवरोध गर्ने केही स्थानीयका सम्बन्धमा चलिरहेको चर्चाका बारेमा गम्भिर ध्यानाकषर्ण भएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा, राजपत्रमा उल्लेख गरिएको केन्द्रबाट साढे ८२ फिट भन्दा कममा सडक निर्माण हुने कुरा दुखद भएको भन्दै यसले दीर्घकालिन नकारात्मक प्रभाव पर्ने भएकाले त्यस्तो कामको विरोध गरिने उल्लेख छ । यो सडक बनेमा र गौरीफन्टा नाकाको स्तरोन्नती गरी यो नाका प्रदेश नम्बर ७ कै महत्वुर्ण नाका हुने भएकाले यसको निर्माण अवरोध नपुगाउन पनि विज्ञप्तीमा आग्रह गरिएको छ ।

‘विकासका दृष्टिले सडकको चौडाई घटाउने कुरा अति नै अदुरदर्शी भएको र त्यसलाई मान्न नसकिने भएकाले धनगढी उपमहानगरपालिका, भौतिक योजना तथा यातायात मन्त्रालय, सडक विभाग र सडक निर्माणका सम्पुर्ष पक्षलाई यस्तो नगर्न र राजपत्रमै भएको चौडाईको सडक निर्माणको माग गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved