विवेकशील साझा पार्टीद्वारा जिम्मेवारी बाँडफाँड

0

धनगढी, २३ भदौं ।

विवेकशील साझा पार्टी प्रदेश नम्बर ७ को शुक्रवार बसेको बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । पार्टीको तारानगरमा रहेको कार्यालयमा बसेको बैठकले प्रदेश नम्बर ७ को सचिवालय संयोजकमा कैलाली उद्योग वाणिज्य संघका पुर्व महासचिव मोहनराज शर्मालाई चयन गरेको छ । यस्तै विवेकशील साझा पार्टीको प्रदेश नम्बर ७ महिला विभाग प्रमुखमा शारदा मावि बैयाबेहडीबाट प्राचार्यमा सेवानिवृत हुनु भएकी विमला ओझा, कैलाली जिल्ला संयोजकमा रोटरी क्लब अफ धनगढीका संस्थापक अध्यक्ष तथा रुवश होटलका सञ्चालक प्रकाशचन्द्र भट्टलाई चयन गरेको छ । यस्तै धनगढी उपमहानगरपालिकाको नगर संयोजकमा लायन्स क्लब अफ धनगढी सीटीका अध्यक्ष राजेश भाट, महाचसचिवमा केशव राज जोशीलाई चयन गरेको छ । यस्तै धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ को वडा संयोजकमा निर्माण ब्यवसायी संघका पुर्व सचिव दिनेश सिह र वडा नम्बर ५ को संयोजकमा सिद्धराज पनेरुलाई चयन गरिएको छ । बैठक प्रदेश नम्बर ७ का संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको थियो । बैठकमा आगामी प्रदेश सभा निर्वाचन र संघीय निर्वाचनमा सबै क्षेत्रबाट उमेदवारी दिने बारे पनि छलफल गरिएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved