विवेकशील साझाले प्रदेश ७ मा सामानुपातिक तर्फका उम्मेदवारहको नाम टुङगो लगायो

0

धनगढी, २९ असोज ।

विवेकशील साझा पार्टी प्रदेश नम्वर ७ ले प्रादेशिक सभा निर्वाचनका लागी सामानुपातिक तर्फका उम्मेदवारहको नाम टुङगो लगाएको छ । प्रदेश कमिटीको बैठकले प्रादेशिक सभा सामानपातिक तर्फका उम्मेदवारहको नाम सिफरिस गरेर केन्द्रमा पठाएको हो । कैलालीकाट १३, बझाङबाट २ र कञ्चनपुरबाट १ गरी १६ जनाको नाम सिफारीस गरीएको पार्टीका प्रदेश नम्वर ७ का प्रवक्ता दान वहादुर रावलले बताउनुभयो ।

कैलाली क्षेत्र नम्वर १ को क मा मिना शाह बम, ख मा पवन बडायक, क्षेत्र नम्वर २ को क मा टेकराज कठायत, क्षेत्र नम्वर ३ को क मा प्रभात वोगटी, क्षेत्र नम्वर ४ को क मा एकम वहादुर साउद, ख मा जगविर थापालाई सिफारीस गरीएको छ ।

यस्तै कैलाली क्षेत्र नम्वर ५ को प्रदेश सभाका लागी लक्ष्मी शाही, गणेश कुमारी शाह, दुज्जी देवी चौधरी, दान वहादुर रावल, कुमारी शैलु श्रेष्ठ, जानकी पौडेल, निशा सिहलाई पनि सिफारीस गरीएको छ । यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्वर १ को क मा खड्क वहादुर शाह, बझाङ क्षेत्र नम्वर १ को क मा हर्क वहादुर पुजारा र ख मा सुरत वहादुर मल्ललाई सिफारीस गरीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved