This is a test

विवेकशिल साझा पार्टीको चुनाबी अभियान कैलालीको अत्तरियाबाट सुरु

0

लक्ष्मण गौतम, अत्तरिया कात्तिक २५ गते ।

बिबेकशिल साझा पार्टीका केन्द्रिय सदस्य तथा राजनैतिक विश्लेषक मुमाराम खनालले देशमा रहेको गतिहिनताको अवस्थालाई अन्त्य गर्नका लागी बिबेकशिल साझा पार्टीको निर्माण गरिएको बताउनु भएको छ । केन्द्रिय नेताहरुको सहभागितामा पार्टीले शुक्रवार बाट सुरु गरेको चुनाबी अभियानका क्रममा कैलालीको अत्तरियामा भएको कोण सभालाई सम्बोधन गर्दे उहाँले निर्माणको राजनीतिका लागी आफुहरु अगाडि आएको बताउनुभयो ।

अहिले सम्म दलहरुले राजनीतिक अधिकारका लागि लडेको कुरा ठिक भएपनि, उनीहरुले त्यसको सट्टा राज्यको दोहन गरेको र लुटतन्त्रमा अग्रसर रहेको आरोप लगाउनुभयो । उहाँले अब राज्यको दोहन गर्न नदिने उहाँको भनाई थियो । यस्तै धनगढीको राजपुर, बैयाबेहडी, क्याम्पस रोड र मटियारीमा पनि विवेशील साझा पार्टीले कोण सभाको आयोजना गरेको छ ।

चुनाबी कोण सभामा अर्का केन्द्रिय सदस्य डाक्टर दिनेश प्रसाई, बिबेकशिल साझा पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमाल, कैलाली क्षेत्र नं ४ का प्रतिनिधी सभाका उम्मेदबार बिनोद मल्ल तथा प्रदेशका उम्मेदबारहरु धन बहादुर बोगटी र योगेन्द्र हमाल, कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधि सभाका उम्मेदबार दिनेशराज भण्डारी र प्रदेश सभाका उमेदवार प्रकाश भट्ट र नारायण चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved