This is a test

विमानस्थल स्तरोन्नतिको कार्य अगाडी वढाउन विकास र समद्धि हाम्रै पालामा अभियानका अभियानकर्मीहरुको माग

0

नवराज पनेरु, धनगढी २५ साउन ।

धनगढी विमानस्थलको स्तरोन्नतिको कार्यमा ढिलाई भएको भन्दै विकास र समद्धी हाम्रै पालामा अभियानका अभियानकर्मीहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी गोवीन्द रिजलाको ध्यानाकर्षण गराएका छन् । मुआब्जा समितीको बैठक बस्न नसक्दा जग्गाको अधिग्रहणको कार्य रोकीएको र यस्ले धनगढी विमानस्थलको स्तरोन्नतिमा पनि ढिलाई भएको भन्दै विकास र समद्धी हाम्रै पालमा अभियानका अभियानकर्मीहरुले प्रमुख जिल्ला अधिकारी रिजालको ध्यानआकर्षण गराएका हुन् ।

विकास र समद्धी हाम्रै पालामा अभियानकाका संयोजक गोपाल हमालको नेतृत्वमा गएको अभियानकर्मीहरुको टोलीले जग्गाको मुल्य निर्धारण नहुँदा जग्गा अधिग्रहणको कार्य रोकीएको, धनगढी विमानस्थल रात्रिकालिन र प्रतिकुल मौसममा पनि सुरक्षित उडानका लागि आवश्यक पर्ने उपकरण जडान गर्न नसकीएको र जग्गा अधिग्हण नहुँदा धावनमार्ग विस्तार गर्न पनि नसकीएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया अगाडी बढाउन आग्रह गरेका थिए ।

विकास र समद्धी हाम्रै पालामा  अभियानका अभियानकर्मी प्रकाश भट्टले प्रमुख जिल्ला अधिकारी रिजालले एक साताभित्रै टुङगो लगाएर विमानस्थल स्तरोन्नत्ीको बाटो खोल्ने आश्वासन दिएको जानकारी दिनुभयो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको सरुवा भएका कारण जाने क्रममा मुआव्जा दर तोक्दा विवाद आउन सक्ने भन्दै रिजाल पछि हटेको भन्दै अभियानले सुदुरपश्चिमको विकासमा वाधा नगर्न सुझाव दिएको हो । अभियानकर्मीहरुले दवाव दिएपछि प्रमुख जिल्ला अधिकारी रिजालले वैठक वसेर एक हप्ताभित्र स्तरोन्तीको काम अगाडी वढाउने वाटो खोल्ने आश्वासन दिएको अभियानकर्मीहरुले वताएका छन ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआव्जा निर्धारण समितिको वैठक वस्न नसकेका कारण साउनको पहिलो साता तोकिने मुआव्जाको दर रेट अझै तोक्न सकिएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक पर्ने १७ विघा ३ कठ्ठा जग्गा अधिग्रहण गर्ने उद्देश्यका साथ प्रक्रिया अगाडी वढाईको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved