विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी मारमा

0

कञ्चनपुर, १६ असोज ।
कञ्चनपुरको मजगाउँ विमानस्थल पक्की बनाउने कुराले चर्चा पाईरहेका बेला महेन्द्रनगरका पर्यटन ब्यवसायीले विमानस्थल सञ्चालनमा नआएकै कारण लगानी गर्न नसकिएको बताएका छन । दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनमा आउने हो वा होईन भन्ने कुराको यकीन पनि नहँदा ब्यवसायीले लगानी गर्न द्विविधामा परेको पर्यटन ब्यवसायी परमानन्द भण्डारीले बताउनुभयो ।

उहाँले, सुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासमा होटलको क्षेत्रका धेरै लगानी हुनसक्नेमा विमानस्थलकै कारण त्यो हुन नसकेको बताउनुभयो । कञ्चनपुर विमानस्थल सुचारु नहुँदा महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाईसेवा बन्द हुँदा धनगढी विमानस्थल भएर थौरै मात्र विदेशी पर्यटकहरु आएका उहाँले बताउनुभयो । हवाईमैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ ।

पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाईसेवा महत्वपूर्ण भएकाले विमानस्थल सुचारु गर्न पटक पटक आग्रह गर्दा पनि सरकारले सुनवाइ नगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताउनुभयो । पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण भएकाले बन्द विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले चासो राख्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । विसं २०२५ मा निर्माण गरिएको सो विमानस्थल २०५५ सालदेखि बन्द भएपछि करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरिएको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् । रासस

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved