This is a test

विकासे काममा चासो नदिने निर्माण व्यावसायीले प्रादेशिक सरकारका लागि २ हप्तामै संरचना तयार गरे

0

जनक विष्ट, धनगढी फागुन ११ गते ।

प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकिएपछि जिल्ला समन्वय समिति कैलालीको सभा हल १ हप्तामा संसदीय भवनको संरचनामा ढालियो । ३ जना निर्माण व्यवसायी सहित ८ जना व्यवसायीलाई संसदीय भवन निर्माणको जिम्मेवारी दिइएपछि उनीहरुले दिनरात नभनि काम गरे । त्यस्तै प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बनाउने भनेपछि निर्माणाधीन सेती यातायात व्यवस्था कार्यालयको भवनको निर्माणलाई तिव्रता दिईयो । केही दिनभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको भवन तयार भइसक्ने निर्माणको जिम्मेवारी पाएको एमके कन्सट्रक्सनले जनाएको छ ।

प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढीमा प्रादेशिक सरकार सञ्चालनका लागि निर्माण व्यवासायीले छोटो समयै आवश्यक भौतिक संरचना तयार गरेका हुन् । कतिपय संरचनाहरु पुर्ण रुपमा तयार भईसक्दा पनि केहीको काम भईरहेको छ । अन्य विकास निर्माणका कामहरु गर्नका लागि ढिलासुस्ती गरिदै आएकोमा राजनितिक दलका नेता र प्रदेश सरकारका लागि समयमै काम गरेपछि ईच्छाशक्ती भए समयमै गर्न सकिन्छ भन्ने यो ज्वलत उदाहरण हो । निर्माण व्यावसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठीले विकासे काम समयमै सम्पन्न नहुनुको प्रमुख कारण बजेट नै भएको बताउनुभयो । धेरै कार्यालयमा टेण्डर भइसेका छन् तर पेश्की दिनलाई पनि रकमान्तर नभएको,डिजाइन स्पष्ट नहुनु, जनशक्तिको कमी तथा केही निर्माण व्यावसायीको लापरवाहीले पनि काम नहुने देखिएको सेठीको भनाई छ ।

प्रादेशिक संरचना सञ्चालनका लागि साविकका संरचनाका स्वरुप धमाधम परिवर्तन भइरहेका बेला धेरै विकासे कामहरु निर्माण व्यावसायी र विकासे अड्डाको उदासिनताले वषौँसम्म पनि ओझेलमा परेका छन् । त्यसको एउटा उदाहरणका रुपमा कञ्चनपुरको रैकवार बिचुवालाई धनगढीसंग जोड्ने मोहना नदिको पुल निमार्णको कार्यलाई लिन सकिन्छ । ४ वर्ष पहिले ठेक्का सम्झौता भएको पुल निर्माण कम्पनी र ठेकेदारको ढिलासुस्तीले हालसम्म निर्माण हुन सकेको छैन् । विकासे बजेट खर्च गर्ने अख्तियारी पाएका निकायले पनि सम्झौता गरेपछि त्यसतर्फ ध्यान नदिनाले प्रादेशिक सरकार सञ्चालनका लागि चाहिने संरचना निर्माण भएझै विकास निर्माणले गति नलिएको आशंका धेरैको छ ।

समयमै विकास निर्माणका काम सम्पन्न गराउनका लागि निर्माण व्यावसायी र नियमन गर्ने निकाय यसरी नै सक्रिय भएमा विकासको लहर आउने धनगढीका एक जना शिक्षक लक्ष्मण दत्त भट्टले विश्वास व्यक्त गर्नुभयो । छोटो समयमै संरचनाहरुले मुहार फेरेको देखेकाहरु यसरी नै काम गर्ने हो भने ५ वर्षमा प्रदेश नम्बर ७ विकासमा कायपलट हुने आशा गर्न थालेका छन । धनगढीमा सवैभन्दा वढी विकास वजेट रहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रविन्द्र वोहोराले केही निर्माण व्यावसायीले समयै काम नगर्ने प्रवृत्ति देखिएको बताउनुभयो । तर अधिकांश योजना तोकिएको समयै पुरा भएको उहाँको दाबि छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved