This is a test

वजेट अभावले हुलाकी सडकको निर्माण कार्य तिन महिनादेखी प्रभावित

0

नवराज पनेरु, धनगढी फागुन ०९ गते ।

बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडकको निर्माण कार्य तिन महिनादेखी प्रभावीत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीमा यस आर्थीक बर्षका लागी पौने १८ करोड बजेटको अख्तीयारी आएकोमा उक्त बजेट कार्तीक मसान्तमै सकिएको थियो । तर अहिले सम्म पनि विभागले थप बजेट पठाएको छैन ।

चालु आर्थीक बर्षमा कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग आयोजनाका लागी अख्तीयारी आएको १७ करोड ७१ लख खर्च भएको तिन महिना पुगीसकेको छ । विगतमा रुख कटानीको आदेश नपाएर आएको बजेट पनि खर्च नभईरहेका बेला यसपाली बजेट अभावले काम प्रभावीत भएको हुलाकी राजमार्ग आयोजनाका प्रमुख मनिष कुमार शाहले बताउनुभयो ।

हुलाकी राजमार्ग अन्तरगत कैलाली जिल्लामा बसन्ता क्षेत्रमा १८ किलोमिटर र कञ्चनपुर जिल्लामा दैजी–बेलौरी–डोकेबजार सडक निर्माणाधीन अवस्थामा रहेको छ । यस्तै कैलाली जिल्लामा धनगढीदेखी शक्ति सम्म ६ वटा पुल पनि निर्माण भईरहेका छन् । चालु आर्थीक बर्षको बजेट कार्तीकमै सकिएपछि हुलाकी राजमार्ग आयोजना कार्यालय कैलालीले थप ७० करोड बजेट माग गरेको थियो ।

सडक विभागले अर्थ मन्त्रालयलाई पनि बजेट माग गरीरहेको छ । तर अहिले देश संघियता कार्यान्वयनको चरणमा रहेकाले राष्ट्रीय ढुकुटी नै रिक्तीने अवस्था भएको भन्दै अर्थ मन्त्रालयले थप बजेट स्वीकृत गर्ने संकेत भने नदिएको हुलाकी राजमार्ग आयोजनाका प्रमुख शाहले बताउनुभयो ।

भारत सरकारले अनुदानमा बनाई दिएको हुलाकी सडक खण्डको रतनपुर गाविसको कटनी देखि भजनी त्रिशक्ती नगरपालिका सम्मको झण्डै १८ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । गत बर्ष रमेश लेखक भौतीक पुर्वाधार मन्त्री हुँदा कञ्चनपुरको डोकेबजार र दैजी गरी दुई स्थानमा पनि हुलाकी राजमार्गको उद्धघाटन गरीएको थियो ।

राष्ट्रीय गौरवका आयोजनाका लागी बजेट अभाव हुन नदिने भन्दै नेताहरु र सरकारका मन्त्रीहरुले विगतदेखी नै भाषण गर्दै आएका छन् । यसै क्षेत्रबाट भौतीक पुर्वाधार मन्त्री बन्नुएका रमेश लेखक र विर वहादुर वलायरले पनि दर्जनौ पटक बजेट अभाव हुन नदिने भन्दै डम्फु बजाएका छन् । तर अहिले बजेट नभएर सकडको काम प्रभावीत हुँदा नेताहरु सबै मौन छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved