This is a test

लोकपप देउडाबाट चर्चीत बनेका गायक चक्र बम

0


नवराज पनेरु, धनगढी पुस १० गते ।

सुदुरपश्चिमबासीले लोक देउडा गित लोप हुन लाग्यो भन्दै आएको धेरै भईसकेको छ । बर्षाै पुराना कालजयी देउडा गित अहिले पनि श्रोताको मत मस्तीष्कमा छन् । नयाँ ल्याईएका देउडा गित श्रोताले रुचाएका त छन् तर मत मस्तीष्क सेट हुन सकेका छैनन् । यसै क्रममा डोटेली भाषालाई फरक शैलीका गित संगित मार्फत प्रस्तुत गरेर चर्चाका गायक बनेका छन् कैलाली अत्तरीयाका चक्र बम ।

डोटी पुख्यौली घर भई कैलालीको गोदावरी नगरपालिका श्रीपुरका चक्र बम स्कुले विद्यार्थी हुँदा नयाँ–नयाँ शैली अपनाउदै नाच्न र गाउन निकै अगाडी थिए । त्यतिवेला पनि फरक शैलीमा गित लेख्थे तर रेकर्डीङ गरेर श्रोता माझ पुगाउनका लागी भने सम्भव थिएन् । स्कुले सास्कृतीक कार्यक्रमबाटै आफु भित्रको गायन र अभियनको प्रतिभा चिनेका चक्र बमलाई त्यतिवेला यत्तिको चर्चाको गायक बनिएला भन्ने लागेकै थिएन् ।

भारतको मुम्वैमा हार्डवेयर ईन्जीनियर सिकेर अत्तरीयामा व्यवसाय सञ्चालन गर्ने सोच बनाएका बमको कोरिया जाने ईच्छा जाग्यो । अधिकासं सुदुरपश्चिमेली झै बम पनि रोजगारीका लागी विदेशीने उद्देश्यका साथ कोरीयन भाषा सिक्न काठमाडौ हानीए तर उनलाई कोरीयन भाषा परिक्षामा सफलता मिलेन । त्यही सिलसिलामा आएको गीत नाचमेरि झुमाले उहाँको जीवनमा कोल्टे फ¥यो ।

नाचमेरी झुमाले उहाँको विदेशको बाटो बन्द गरिमात्रै दिएन, त्यसपछि बजारमा आएको डिजेवालाले बोलको गीत र अझ अहिलेको चुईगम पड्काउन्या गीतले त उहाँको धेरै स्टजमा माग हुन थालको छ २ दर्जन टिपीकल देउडा गितमा स्वर दिएका बमले चर्चा पाउन नसकेपछि निरास भईरहेका बेला, पछिल्ला तीनवटा गीतले मात्रै उहाँको सागीतिक यात्रालाई रफ्तारमा दौडायो । कम गायक मात्रै होईनन, उहाँसँग सब्द रचना र लयको पनि ज्ञान छ । धेरै गीतहरु उहाँ आफैले लेखेका हुन भने धेरैमा मोडलिङको मुख्य भुमीका पनि उहाँकै छ । मिस्टर आर जेको ¥यापले युवा पुस्ता माझ उनका गीतहरु झन चर्चीत भए ।

लोक, पप र रिमीक्स शैलीमा डोटेली भाषा प्रयोग गर्दै बजारमा गित ल्याईरहेका गायक चक्र बमको कतिपय पाका देउडा कलाकारहरुले विरोध पनि गरेका छन् । देउडाको वास्तवीक मर्म विगारेको आरोप लगाएका छन् । तर बमले भने आफुले निकालेका ति गितलाई देउडाको दर्जा दिन नमिल्ने तर डोटेली भाषालाई युवा पुस्ताले जसरी बुझ्छ गित मार्फत त्यसैगरी बुझाउने प्रयास मात्रै गरेको तर्क दिएका छन् ।
यो साताको सृष्टा र सिर्जना सुन्न यहाँ क्लिक गर्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved