This is a test

लोकतान्त्रिक गणतन्त्र पक्षधर र निरंकुश अधिनायक वादबीचको लडाई : प्रधानमन्त्री देउवा

0

लम्की, कात्तिक २९ गते ।

प्रधानमन्त्री तथा नेपाली काग्रेंसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचन लोकतान्त्रिक गणतन्त्र पक्षधर र निरंकुश अधिनायक वादबीचको लडाई भएको बताउनु भएको छ । बुधवार कैलालीको लम्कीमा कांग्रेस कैलाली क्षेत्र नम्वर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वाम गठबन्धनको नाममा कम्युनिष्टहरुले नेपाली जनतालाई अन्धकारतिर धकेल्न खोजेको दावी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले प्रजातन्त्रको रक्षाको लागी कांग्रेसले ठुलो भुमिका खेलेको भन्दै लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । यस्तै प्रधानमन्त्री देउवा बिहीवार गृहजिल्ला डँडेलधुरा जानुहुनेछ । त्यहाँ चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ र बाजुराका आमसभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved